गुलशन कुमारकी छोरी खुशाली कुमारले बलिउडमा डेब्यु गर्न लागेकी छिन्। उनी आर, माधवन हिरो भएको फिल्म ‘दही चिनी’ मा उनी वकिलको भूमिका निर्वाह गर्दै गरेको देखा पर्नेछिन्।
फिल्मका लागि खुशालीले निकै मिहिनेत गरेको भारतीय अखबारले बताएका छन्। आफ्नो भूमिकालाई न्याय दिन उनी एकजना नामुद वकिलसँग दिन बिताइरहेकी छिन्।
खुशाली भन्छिन्, ‘म वकिलको पेशालाई सम्झिने प्रयास गरिरहेकी छुँ। वकिलहरू कसरी अदालतमा मुद्धा लड्छन् र कसरी आफूलाई प्रस्तुत गर्छन्? यसको अभ्यास गरिरहेकी छुँ।’
याे पनि।
उनले वरिष्ठ महिला वकिलसँग अन्तर्वार्ता पनि गरेकी थिइन।
‘दही चिनी’ फिल्मको निर्देशन निल मणिले गरेका छन्। उनको फिल्ममा पहिलो निर्देशन हो। फिल्मको कहानी साँचो कथामा आधारित छ।
खुशाली सानैदेखि हिरोइन बन्न चाहन्थिन्। माधवनसँग डेब्युलाई लिएर उनले भनिन्, ‘मैडी (माधवन) को नजिकै उभिनु नै डरलाग्दो कुरा हो। तर, म यसका लागि पुरा तयार छुँ।’
फिल्मको सुटिङ भोपालमा हुँदैछ।
याे पनि हेर्नुहाेस।
पहिलो भिआईपी महिला स्कटर: प्रधानमन्त्री गिरिजादेखि राष्ट्रपति विद्या भण्डारीसम्म (भिडियोसहित)