सञ्जय दत्तको फिल्म फेरि विवादमा, सुटिङ रोक्न आदेश

Agency

भारतीय चलचित्रमा सञ्जय दत्त र विवाद एउटा सिक्काका दुई पाटा हुन्। उनी मात्र होइन, उनको फिल्म पनि बेलाबेलामा विवादमा आइरहन्छ। यस्तै एउटा घटना हालै दक्षिण भारतमा भएको छ।

दक्षिण भारतका सुपरस्टार यश र सञ्जय मिलेर निर्माण गर्न लागेको एउटा फिल्म ‘केजीएफ–२’ रिलिज पूर्व नै विवादमा परेको छ।

फिल्म रिलिज हुन २ वर्षको समय बाँकी छ। तर, सुटिङमै विवाद उत्पन्न भएको छ। फिल्मको सुटिङ कोलर फिल्डको साइनाइड हिल्समा भइरहेको थियो। स्थानीयहरूले पर्यावरणको समस्या देखाउँदै ‘ज्युडिसियल मजिस्ट्रेड फस्र्ट क्लास (जेएमएफसी)’ अदालतमा मुद्धा दायर गरेपछि अदालतले तुरुन्त फिल्मको सुटिङ रोक्न आदेश दिएको छ।

याे पनि।

कतारमा नेपालीको निधनः दुर्घटना कि ‘नेचुरल डेथ’ ?

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण रद्द

सौराहामा भेटिएका गाइड बम्जनको जीवन सफारी (भिडियोसहित)

भारतीय अखबार इन्डिया टुृडेका अनुसार यसको फैसला २३ सेप्टेम्बरमा हुनेछ। सञ्जयको जन्मदिनमा फिल्मको पोस्टर सार्वजनिक भएको थियो। पोस्टरमा देखिएको सञ्जयको उपस्थितिलाई हेर्दा अड्कल लगाउन गाह्रो पर्दैन्, उनी फिल्मको मुख्य भूमिकामा छन्। उनले फिल्ममा अधीराको भूमिका निर्वाह गर्दैछन्।

हाल सुटिङको काम रोकिएको अवस्थामा छ।

याे पनि हेर्नुहाेस।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

 

प्रकाशित मिति: : 2019-08-29 15:04:46

प्रतिकृया दिनुहोस्