शुक्रबारदेखि रिलिज हुने दक्षिण भारतका स्टार प्रभासको फिल्म ‘साहो’ को पोस्टर टाँग्ने क्रममा एकजनाको निधन भएको छ।
भारतीय अखबार इन्डिया टुडेका अनुसार तेलंगाना राज्यको महबुबनगर क्षेत्रमा एउटा हलभित्र ब्यानर झुन्ड्याउँने क्रममा करेन्टर लागेर पोस्टर ब्वायको निधन भएको हो।
निधन भएका व्यक्ति हलमाथि बाट झरेका थिए। उनलाई तत्कालै अस्पताल लैजादैं गर्दा बाटोमै निधन भएको थियो।
प्रभास र श्रद्धा कपुर अभिनित यो फिल्मको रिलिजलाई लिएर दक्षिण भारतमा माहोल तातेको छ।
याे पनि पढ्नुहाेस।