प्रभासको ‘साहो’ ले दुई दिनमै १ सय करोड कमाउने अनुमान

बिएल

फिल्मको ‘रिभ्यू’ त्यति राम्रो छैन। तर, प्रभासको फिल्म ‘साहो’ ले बक्स अफिसमा दमदार प्रदर्शन गरेको छ। ‘बाहुबली’ का नायक प्रभासको जादु ‘साहो’ मा पनि चलेको छ। उनको फिल्मले दुई दिनमै १ सय करोड आम्दानी गर्ने दावी फिल्म समीक्षकले गरेका छन्।

शुक्रबार सार्वजनिक भएको फिल्मको कमाई सार्वजनिक भएको छैन। तर, विभिन्न सूचनाका आधारमा फिल्मले दोस्रो दिन ६५ करोड रुपैया आम्दानी गरेको बताइएको छ।

रिलिजको पहिलो दिन फिल्मले ६८ करोड व्यापार गरेको थियो।

याे पनि हेर्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

‘साहो’ धेरै भाषामा रिलिज गरिएको थियो। यसको हिन्दी भर्जनले मात्र शुक्रबार २४ दशमलव ४० करोड र शनिबार २५ दशमलव २० करोड व्यापार गरेको बताइएको छ।

हिन्दी भाषामा डब भएको फिल्मको पहिलो दिनको कलेक्सनलाई हेर्दा सन् २०१९ मा सबैभन्दा बढी आम्दानी गर्ने फिल्म नै ‘साहो’ बन्न पुगेको छ।

हिन्दी भाषामा रिलिज भएको सबै फिल्मको तुलना गर्दा ‘साहो’ पहिलो दिन कमाई गर्ने फिल्ममा तेस्रो नम्बरमा परेको छ।

सलमान खानको भारत (४२ दशमलव ३० करोड), अक्षय कुमारको मिसन मंगल (२९ दशमलव १६ करोड) पछि ‘साहो’ को कमाई अत्याधिक हो।

याे पनि हेर्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

कतारमा नेपालीको निधनः दुर्घटना कि ‘नेचुरल डेथ’ ?

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु

प्रकाशित मिति: : 2019-09-01 16:24:27

प्रतिकृया दिनुहोस्