‘बाहुबली’ को अपार सफलतापछि प्रभास र श्रद्धा कपुर अभिनित फिल्म ‘साहो’ ले सबैलाई चकित बनाएको छ। फितलो पटकथा भएपनि फिल्मको द्धन्द्धले सबैलाई आकर्षित गरिरहेको छ।
युभि प्रोडक्सनका अनुसार ‘साहो’ ले फिल्म रिलिज भएको दोस्रो दिन नै विश्व व्यापी कलेक्सनको रुपमा २ सय ५ करोड आम्दानी गरिसकेको छ। युभिले आफ्नो आधिकारीक ट्वीटर हयाण्डलमा यसको जानकारी गरेको हो।
याे पनि पढ्नुहाेस।
फिल्म ३ सय ५ करोडमा निर्माण भएको हो। ४ वटा भाषामा डब गरिएको यस फिल्मले हिन्दी भाषामा मात्र दुई दिनमा ५० करोड आम्दानी गरेको फिल्म समीक्षक तरन आदर्शले जानकारी दिएका छन्।