चर्चित लेखक सलमान रुस्दीको उपन्यास ‘किशाट’ यस वर्षको बुकर पुरस्कारका लागि अनुमोदित भएको छ। लन्डनमा सार्वजनिक भएको सूचीमा अन्य पाँच रचनासहित उनको उपन्यासलाई पनि समावेश गरिएको हो।
बिजेताको घोषणा १४ अक्टुबरमा लन्डनको गिल्डहलमा भब्य कार्यक्रमका बीच हुनेछ।
विश्व चर्चित लेखक रुस्दी ७२ वर्षका हुन्। उनी यसअघि ‘मिडनाइट चिल्ड्रेन्स’ का लागि सम्मानित भइसकेका छन्। उनको नयाँ उपन्यास स्पेनका लेखक मिगेल कारवेन्टेसको रचना ‘डन कोहोटी’बाट प्रेरित मानिन्छ।
रुस्दीको उपन्यासबाहेक क्यानडाका लेखक एटउडको ‘द टेस्टामेन्ट’, लुसी एनम्यानको ‘डक्स न्युवरीपोर्ट’, एवेरिस्टोको ‘गर्ल, उमन, अदर’, ओबिबोमाको ‘एक आर्केस्ट्रा अफ माइनोरिटिज र सफकको ‘मिनट्स सेकेन्ड्स इन द स्ट्रेन्ज वल्र्ड’ पनि बुकर पुरस्कारका लागि छनोट भएको छ।
याे पनि हेर्नुहाेस।