चर्चित बलिउड गायिका लता मंगेशकरलाई भारत सरकारले उनको ९० औं जन्मदिनमा ‘डाक्टर अफ नेशन’ को पद्वी दिने तयारी गरेको छ।
लताको जन्मदिन २८ सेप्टेम्बरमा पर्छ। लताले ७ दशक अन्वरत भारतीय सिनेमामा काम गरेकी छिन्। ४० को दशकदेखि गीत गाउदै आएकी लताको जन्म मध्य प्रदेशको इन्दौरमा भएको थियो। उनले १३ वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी हुन्।
याे पनि हेर्नुहाेस: इरानी सुन्दरीका सुइना
उनको पहिलो गीत मराठी फिल्म ‘किती हसाल’ (१९४२) का लागि गाएकी थिइन। तर, त्यो गीत अन्तिममा हटाइएको थियो। सन् १९४३ मा उनले अर्को मराठी फिल्म ‘गजाभाउ’ का लागि हिन्दी भाषामा ‘माता एक सपुत की दुनिया बदल दे’ मा आवाज दिएकी थिइन। यसलाई नै उनको पहिलो गीत मानिन्छ।
लता यसअघि भारत रत्न, तीन पल्ट राष्ट्रिय पुरस्कार, २ पल्ट पद्म भूषण, दादा साहब फाल्के पुरस्कारबाट सम्मानित भइसकेकी छिन्।