धुलिखेलमा यतिबेला युवाहरू नौलो प्रयोगमा जुटेका छन्। शारीरिक रुपमा असक्त मानिने तर भिन्न क्षमता भएका दृष्टीविहीन युवाहरूलाई कलाकार बनाउने उद्देश्यले धुलिखेलको रमाइलो छत्रछाँया मुनि क्लबले कन्सर्टको आयोजना गर्दैछ।
क्लबले भदौं २८ मा कन्सर्टको आयोजना गर्ने बताएको छ। धुलिखेलको सञ्जीवनी स्कुलका दृष्टीविहिन विद्यार्थीलाई लक्षित गर्दै क्लबले आउँदो शनिबार कन्सर्टको आयोजना गर्न लागेको अध्यक्ष श्रेयबिक्रम ब्याञ्जुले जानकारी दिए।
याे पनि: मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)
उनले सञ्जीवनी स्कुलबाट शिक्षा पाएका दृष्टीविहीनका लागि संगीत सिकाउने उद्देश्यले कन्सर्टको आयोजना गर्न लागिएको जानकारी गराए। क्लबले यसअघि नै स्कुलका ३ दुष्टिविहीन र ३ विपन्न विद्यार्थीलाई गितार, ड्रमसेट, स्पीकरलगायतको सामाग्री प्रदान गरिएको थियो।
यस पालि आयोजना हुन लागेको कन्सर्टमा अन्तर्राष्ट्रिय ब्यान्डको रुपमा जर्मनीको ‘दि नर्ट एन्ड ब्यान्ड’ रहनेछ। नेपालका तर्फबाट तीन राष्ट्रिय ब्याण्ड कबवेभ, दि एक्स र दि एक्टले कन्सर्टमा आफ्नो जादु छर्ने छन्। यस्तै, स्थानीय स्तरमा पनि इलेक्ट्रिक एयर र दि सफ्ट टोन्स रहनेछ।