बल्छी र राजु मास्टरले ल्याए नयाँ टेलिसिरियल ‘हल्का रमाइलो’

तस्बिरः बिएल

हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बाहिरिएका बल्छी र राजु मास्टरसहितको टिमले नयाँ टेलिसिरियल ‘हल्का रमाइलो’ का साथ दर्शकमाझ आएको छन्।

नेपाल टेलिभिजनबाट हरेक आइतबार राति ८:५० बजे प्रशारण हुने गरी राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)को लेखन तथा निर्देशनमा ‘हल्का रमाइलो’ दर्शकमाझ आएको हो।

टेलिसिरियलमार्फत सामाजिक कुरीतिहरुलाई जस्ताको तस्तै दर्शकमाझ प्रस्तुत गरिने ‘हल्का रमाइलो’को लेखक तथा निर्देशक मरिचान श्रेष्ठ (बल्छी ध्रुबे) बताए ।

यसअघि टेलिसिरियल भाद्र १ गते गतेबाटै प्रसारणमा ल्याउने निर्माण पक्षले तयारी गरेको भए पनि प्राविधिक कारणले भदौ २२ गतेबाट मात्र प्रसारणमा आएको जनाएको छ। निर्माण पक्षले टेलिसिरियलबारे सल्लाह र सुझावको अपेक्षासमेत राखेको छ ।

प्रकाशित मिति: : 2019-09-09 15:26:24

प्रतिकृया दिनुहोस्