स्मारिका पोख्रेल  र सौगात वाग्ले, मिस एण्ड मिस्टर ब्लाईन्ड रकर्स (भिडियो सहित)

विजेताहरू। तस्बिरः बिएल

यस वर्षको मिस र मिस्टर ब्लाईन्ड रकर्स स्मारिका पोख्रेल  र सौगात वाग्ले भएका छन् ।

व्लाईन्ट रक्स नामक संस्थाले आयोजना गरेको प्रतियोगितामा टिकाराम आले  र सम्झना रिमाल फस्ट रनरअप भए।

यस्तै बेस्ट स्माईल प्रतिभा राई, वेस्ट हवाईट केन वाक सन्जिया श्रेष्ठ, वेस्ट फ्रेण्डसीप अनिस ढकाल, वेस्ट ट्यालेन्ट स्मारिक पोख्रेल, मस्ट पङ्गचुअल त्रिषा लामा भए। यस्तै मस्ट रेस्पोसिबल सावित्री पौडेल, मस्ट जोलि निश्चल सिवाकोटी भएका छन्।

४० जना सहभागिलाई विभिन्न चरणमा गरी छानिएका २१ जना प्रतियोगिले अन्तिम स्पर्धामा भाग लिएका थिए।

दृष्टिबिहिन युवायुवतिको क्षमता अभिवृद्धि गरी उनीहरूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्न गत वर्षदेखि मिस एण्ड र मिस्टर व्लाईन्ड रकर्सको आयोजना गरिएको हो। 

कार्यक्रममा संस्थाकी अध्यक्ष सृष्टि के.सीले दिष्टिविहिनलाई समाजले हेर्ने मानसिकतामा परिवर्तन ल्याउन जरूरी रहेको बताइन्। ‘हामी पनि अन्य मानिस सरह हौ, त्यसैले हामीलाई विचरा बनाउने काम बन्द गरौं,’ उनले भनिन्।

आँखा नदेख्दैमा उसको क्षमतालाई कम आँकलन गर्ने र दयाको पात्र बनाउने परीपाटीको अन्त्य गर्न आफूले देशभरी छरिएका दिष्टिविहिनलाई एकीकृत गरी उनीहरुको शसक्तिकरणको लागि विभिन्न यस्ता कार्यक्रमको आयोजना गरेको बताइन्।

हाल अन्तर्राष्ट्रिय मोटिभेसनल स्पीकरको रुपमा परिचित के.सी १६ वर्षको उमेर डाक्टरको लापरवाहीले दृष्टिबिहिन हुन पुगेकी थिईन्।

संस्थाले दिष्टिविहिन युवा तथा अन्य व्यक्तिहरुलाई समेत क्षमता अभिवृद्धि सम्वन्धि तालिम, डान्स कक्षा, लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ।

२०१७ कि मिस नेपाल दिपिका चान्डाकर र संचारकर्मी तथा नेपाल टेलिभिजनकी कार्यक्रम निर्माता रूपा शर्मा नेहाले प्रतियोगितामा सहभागीलाई विभिन्न चरणमा प्रश्नहरु गरी जजको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित मिति: : 2019-09-17 09:57:30

प्रतिकृया दिनुहोस्