बलिउड र्‍यापर एमीवे बंटाई नेपाल आउदैं

बलिउड र्‍यापर एमीवे बंटाई पछिलो समयमा चर्चाको शिखर चढ्ने क्रममा रहेका छन् । अहिले सामाजिक संजालमा को हो एमीवे ? भनेर खोज्नेहरुको लाइन लाग्ने गरेको छ । युटुवमा सानो-सानो भिडियो हालेर चर्चा बटुलेका २३ बर्षिय बंटाईले ”समझ में आया क्या”बाट आफ्नो छुट्टै पहिचहान बनाए ।

भारतका चर्चित अभिनेताद्वय सलमान खानको चलचित्र दंगल र रणवीर सिंहको गुल्ली ब्याईमा समेत गित गाइसकेका बंटाई नेपाल आउने भएका छन् ।अल्फा इन्टरटेन्मेन्ट एण्ड इभेन्ट्सको आयोजनामा हुन लागेको कार्यक्रममा भाग लिन उनि नेपाल आउने भएका हुन् ।

आयोजका अनुसार उनले ठमेलको ‘क्लब फहरेन्टहाइट’मा आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रम बेलुकी ८ बजेबाट सुरु भई बिहान ४ बजेसम्म चल्ने आयोजकले बताएका छन् ।

 

प्रकाशित मिति: : 2019-09-17 12:37:30

प्रतिकृया दिनुहोस्