काठमाडौं– नेपालको प्राचीन इतिहास र नेवार संस्कृति झल्काउने चित्रहरुको प्रदर्शनी काठमाडौंको नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । प्रख्यात कलाकार हरि प्रसाद शर्माले बनाएका ४५ वटा चित्र त्यहाँ राखिएका छन् ।
भदौ २० गतेदेखि चालु प्रदर्शनीमा कलाकारले इतिहासका महत्वपूर्ण घटना चित्रण गरेका छन् । जस्तो कि रानीपोखरी उद्घाटनको क्षण, राजा पृथ्वीनारायणले काठमाडौंमा आक्रमण गरेको दृश्य, कलाकार अरनिको चीन प्रस्थान गर्दाको क्षण, सम्राट अशोकले लुम्बिनीमा अशोक स्तम्भ ठड्याएको दृश्य आदि ।
इतिहास र संस्कृतिमा रुची राख्नेहरुका लागि प्रदर्शनी उपयोगी छ । शर्माले ०५९ देखि बनाएका चित्र प्रदर्शनीमा राखिएका हुन् । प्रदर्शनी असोज ९ गतेसम्म चल्नेछ। उनी ८२ वर्षका भए । उनको दीर्घायूको कामना ।