‘रागिनी एमएमएस–२’ र ‘वान नाइट स्ट्याण्ड’ मा काम गरिसकेकी अभिनेत्री सनी लियोनीको बलिउडमा सात वर्ष पुरा भएको छ। यस अवसरमा भारतीय मिडियाहरूले गरेको कुराकानीमा सनीले कलाकर्ममा लागेकाहरू राम्रो साथी बन्न नसक्ने विचार व्यक्त गरेकी छिन्।
३८ वर्षीय यी पोर्न सुन्दरीले अभिनय कर्ममा लाग्ने मानिसहरू आफ्नै दुनियामा व्यस्त हुने कारण एकअर्कासँग नजिकिन नपाउने बताएकी छिन्। उनले यसमा आफूलाई पनि समावेश गरेकी छिन्।
‘बलिउडमा काम गर्दा निकै मजा भएको छ। मैले थुप्र्रै मान्छेलाई नजिकबाट चिन्ने अवसर पाए। तर, कलाकार भएका कारण हामीहरू आफ्नै दुनियामा व्यस्त हुन्छौं। त्यसैले एकअर्कासँग राम्रो दोस्ती बनाउने समय नै हुँदैन्,’ उनले भनिन्।
बलिउडमा कलाकार–कलाकारबीच इश्र्या र प्रतिस्पर्धा उत्तिकै छ। यस विषयमा गरिएको प्रश्नमा सनीले घुमाउँरो पारामा भनिन्, ‘साचो भन्नु पर्दा, हामी सधै काममा व्यस्त हुन्छौं। धेरै यात्रा पनि गर्नुपर्छ। यस बाहेक पनि आफ्नो व्यक्तिगत काम हुन्छ। सधै व्यस्त रहँदा एकअर्कासँग भेट्ने र कुरा गर्ने फुर्सदैं हुँदैन्।’
सनी छिट्टै अर्को हरर–कमेडी फिल्ममा एउटा बिहारी केटीको भूमिकामा देखा पर्दैछिन्। उनी आफूलाई समयको महत्वलाई बुझ्ने कलाकार भन्न रुचाउँछिन्। सबै कुरा थाहा पाएर पनि केही थाहा नपाएजस्तो गर्ने व्यक्तिसँग आफूलाई एलर्जी रहेको उनी बताउँछिन्।