‘गेम अफ थ्रोन्स’ लाई एमी अवार्ड

डिङ्कलेज

‘गेम अफ थ्रोन्स’ को आठौं तथा अन्तिम शृंखलालाई यस वर्षको एमी अवार्डमा ‘आउटस्ट्याण्डिङ ड्रामा सिरिज’ बाट सम्मानित गरिएको छ।

आइतबार राती अमेरिकाको न्युयोर्कमा आयोजना भएको पुरस्कार कार्यक्रममा शृंखलाका निर्माता डेभिड बेनिअफले अवार्ड ग्रहरण गर्दै सबैलाई धन्यबाद दिए। उनले पछिल्लो १० वर्षयता यस पालि जीवनकै सुखद वर्ष भएको टिप्पणी गरे। ‘मलाई विश्वास लागिरहेको छैन। हामीले गरेर देखायौं। फेरि पनि यस्तो मौका जुर्ला नर्जुला’, उनले भने। 

दोस्रो विश्व युद्वका ९९ वर्षीय वार भेट्रान: भिसी नपाएको झोकमा पल्टन छोडे (भिडियाे सहित)

शृंखलाका सह–निर्माता डेन विसले कलाकारसँग बिताएको हरेक क्षण प्रिय थियो भन्दै सबैलाई धन्यबाद दिए।

यस पालि ‘गेम अफ थ्रोन्स’ का १० कलाकार पुरस्कारका लागि नामाङ्कनमा परेका थिए। तर, पीटर डिङ्कलेजले मात्र सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार जिते। उनको यो चौथो पल्ट कीर्तिमानी जित थियो।

प्रकाशित मिति: : 2019-09-23 16:51:52

प्रतिकृया दिनुहोस्