भारतले सताब्दीका नायकको उपमा दिएको बलिउडका सुपरस्टार अमिताभ बच्चन भारतीय सिने जगतको सबैभन्दा प्रतिष्ठित पुरस्कार दादा साहब फाल्के अवार्डबाट सम्मानित हुने भएका छन्।
उनलाई २०१८ का लागि यो अवार्डबाट सरकारले सम्मानित गर्न लागेको हो। केन्द्रीय मन्त्री प्रकाश जावडेकरले यसको जानकारी दिएका हुन्।
अमिताभलाई ५० वर्ष अगाडि रिलिज भएको ‘सात हिन्दुस्तानी’ का लागि यो पुरस्कारबाट सम्मानित गर्न लागिएको हो।
११ अक्टुबर १९४२ मा तत्कालीन इलाहाबाद (हाल प्रयागराज) मा जन्मिएका अमिताभको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ १९६९ मा रिलिज भएको थियो।
ख्वाजा अहमद अब्बासद्धारा लिखित तथा निर्देशित यस फिल्ममा गोवालाई पोर्चुगलको उपनिवेशबाट छुटाउन सात जना हिन्दुस्तानीले खेलेको भूमिका दर्साइएको छ।
फिल्ममा उत्पल दत्त, मधु, एके हंगल र अमिताभको मुख्य भूमिका थियो। अवार्ड विजेतालाई पुरस्कार स्वरुप १० लाख रुपैयाँ र सुनको कमल दिने गरिन्छ।