तिरस्कृताको सिरिज आउने

तस्बिरः बिएल

प्रविण निरौला लिखित “तिरस्कृता” आज लोकार्पण भएको छ ।

राजधानीको कुन्ज थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शताब्दि पुरुष सत्यमोहन जोशी , बिशेष अथिति प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया , लेखक प्रविण निरौला र लेखनकुन्जका अध्यक्ष कमल ढकाल , साहित्यकार नर्वदेश्वरी सत्याल ,साहित्यकार अनिल पौडेलले संयुक्त लोकार्पण गर्नु भएको हो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालमा यस्तो खालको पुस्तकको आवश्यकता रहेको र बिदेशमा बसेर नेपाली साहित्यको सेवा गरेकोमा लेखक प्रविण निरौलालाई हार्दिक धन्यवाद दिए।

बिशेष अतिथि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्वैर कल्पनामा आधारित पुस्तकले नेपाली साहित्यमा नयाँ पुस्तक मात्र हैन उल्लेखनीय पुस्तक ल्याएको बताए।

साहित्यकार नर्वदेश्वरी सत्यालले यो उपन्यासले कल्पना गरेको ग्रह जस्तै नारीहरुको अवस्था भए हामी सुखी हुने थियौ भन्दै तिरस्कृता जस्तै ग्रह पृथ्वीमा कतै हुन सक्ने बताए।

साहित्यकार अनिल पौडेलले नेपाली साहित्यमा आएको नयाँ प्रकारको यो पुस्तकले आफुलाई तानिरहेको बताए।

कमल ढकालले नेपाली साहित्यले बिश्व आकाशमा लैजान बाहिर बसेर साहित्यमा सेवा गरिरहनु भएका प्रविण जस्तो युवा पुस्ताले सम्भव हुने र त्यो कारण पनि आफु प्रविण निरौलाको तिरस्कृता प्रति आकृष्ट भएको बताए।

लेखक प्रविणले आफुमा पहिले देखि नै साहित्यको रस भएको र बैकको जागिर छाडेर अष्ट्ेलिया गए पनि त्याहा आफुले आफ्नो पाईरहेको काम छाडेर तिरस्कृताको लेखनमा संलग्न भएको भविष्यमा पनि आफु साहित्यमा लागेर नेपाली साहित्यको श्रीबृद्धिमा लागिरहने पहिलो प्रयास स्वरुप तिरस्कृता लेखेको र यसको सिरिजको रुपमा अरु पुस्तक पनि निकाल्दै जाने बताए।

मुल्य ३ सय ७५ रहेको तिरस्कृता सिमल बुकले प्रकाशन गरेको हो।

प्रकाशित मिति: : 2019-09-28 09:14:16

प्रतिकृया दिनुहोस्