भारतका पूर्व क्रिकेटर तथा पंजाबका सांसद नवजोत सिंह सिद्धुको छोरी राबिया हिजोआज सोशल मिडियामा निकै सक्रिय देखिन्छिन्। अन्य बलिउड स्टारका छोराछोरी जस्तै उनी सोशल साइटमा आफ्नो ग्लामरस फोटो पोस्ट गर्न भुल्दिनन्।
उनले हालै मात्र आफ्नो फोटोहरू सोशल मिडियाबाट प्रकाशित गर्दै सबैको ध्यान खिच्न सफल भएकी थिइन।
राबिया बेलायतको लन्डनमा फेशन डिजाइनिङको कोर्ष गरिरहेकी छिन्। उनी सिंगापुरको लासेल कलेजमा फेशन डिजाइनिङको कोर्ष सकेर लन्डनमा मास्टर्स डिग्री गरिरहेकी छिन्।
राबियाले दिल्ली र पटियालामा पनि अध्ययन गरेकी थिइन। केही वर्षअघि मात्र उनी परिवारसहित कपिल शर्माको सोमा झुल्किएकी थिइन। २१ वर्षीय राबिया आमालाई आफ्नो नजिकको साथी मान्छिन्।