धक धक गर्ल माधुरी दीक्षित नेनेले बिहीबार आफ्नो युट्युब च्यानल लञ्च गरेकी छिन्। बलिउडका युवा कलाकारले युट्युब च्यानल लञ्च गर्ने ट्रेन्ड चलिरहेकै बेला माधुरी पनि यसमा सहमत भएकी हुन्। माधुरीले आफ्नो युट्युब च्यानल सार्वजनिक गर्ने क्रममा इन्टरनेशनल इन्डियन फिल्म फेस्टिबलमा आफूले परफर्मेन्स गरेको भिडियो अपलोड गरिन्।
यस अवसरमा माधुरीले भनिन्, ‘मलाई फ्यानहरूसँग सम्पर्कमा बस्न मन लाग्छ। युट्युब प्लेटफर्मको बारेमा पहिले देखि नै सोचिरहेकी थिए।’ उनले च्यानलमा आफ्नो जीवनसँग जोडिएको कुरा र कामको विषयमा जानकारी दिने बताइन्। माधुरीले ट्विटरमा पोस्ट गरेकी छिन्, ‘म युट्युबमा पहिलो भिडियो अपलोड गरेर निकै उत्साही भएको छु।’