दिल्लीको मौसमप्रति प्रियंकाको कटाक्ष– धन्न यहाँ मानिस कसरी बसिरहेका छन्

Agency

बलिउड नायिका प्रियंका चोपडा हिजाआज भारतको राजधानी दिल्लीमा छिन्। उनी आफ्नो आगामी नेटफ्लिक्स फिल्म ‘द वाइट टाइगर’ को सुटिङमा व्यस्त छिन्। दिल्लीको केही दिनदेखि बिग्रिएको वायु प्रदूषणका कारण उनको सुटिङमा पनि प्रभाव परेको छ।

सिसापाङमाको टुप्पोबाट निर्मलले भने– आमा मिशन पुरा भयो- म जीवित छु

उनले हालै मास्क लगाएको तस्बिर आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन्। इन्स्टाग्राममा तस्बिर पोस्ट गर्ने क्रममा उनले भनेकी छिन्, ‘द वाइट टाइगरको सुटिङको दिन..यस शहरमा अहिले सुटिङ गर्न निकै गाह्रो परिरहेको छ। म छक्क परिरहेको छु, मानिसहरू यस्तो अवस्थामा पनि कसरी यहाँ बसिरहेका छन्। धन्न हामीसँग वायु सफा गर्ने र मास्क जस्तो सुविधा छ। गरिब र घरबारबिहिनका लागि प्रार्थना गर्नुस्। सबैले आफ्नो स्वास्थ्यप्रति ध्यान दिनुहोला।’

प्रियंकाले यसअघि इन्स्टाग्राममार्फत नै आफ्नो सुटिङ दिल्लीमा हुने जानकारी दिएकी थिइन। प्रदूषणलाई लिएर प्रियंका निकै सचेत मानिन्छिन्। उनले यसअघि तिहारको दिन पटका नपडकाउन अपील गरेकी थिइन। उनले आफूलाई दम भएको पनि बताएकी थिइन।

प्रकाशित मिति: : 2019-11-04 09:19:17

प्रतिकृया दिनुहोस्