केकी दुई कार्यक्रमका लागि न्युयोर्कमा, भाडाचाँहि कसले तिर्‍यो होला ?

प्रतिकात्मक तस्बिर ।

पूर्वराजा ज्ञानेन्द्रसँग 'लड'मा फोटो सेसन गरेर चर्चामा आएकी नायिका केकी अधिकारी अमेरिका आयपुगेकी छिन् । उनी अमेरिकामा आयोजना भएका दुई कार्यक्रममा सहभागी हुने क्रममा न्युयोर्क आएकी हुन् ।

पहिलो कार्यक्रम वर्ल्ड नेपाली म्युजिक अवार्ड आइतबार राति सम्पन्न भएको छ । मानव तस्करीको आरोप लागेको यो कार्यक्रमका आयोजक दुई पक्षमा बाँडिएर दोहोरी खेलिरहेकै बेला कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली गीत-संगीतलाई अवार्ड दिने यो अवार्ड कार्यक्रमको सुरूदेखि नै औचित्य र उपादेयता केही थिएन, अहिले दुई पक्षमा विभिाजित भएर तथानाममा लागिसके पछि त्यो नभएको थप प्रमाण आफैं दिएका छन् ।

यही कार्यक्रमकी सेलिब्रेटी निर्णायक भएर आएकी थिइन् केकी। 

'पढे लेखेकी भनेर के गर्नु कहिले पूर्वराजा ज्ञानेन्द्रसँग फोटो शेसन गराइरहेकी हुन्छिन् त कहिले दीपाश्री ब्याउने भइन् भन्नेमा नाचिरहेकी हुन्छिन्। यसपटक त मानव तस्करी आरोप लागेको कार्यक्रमको पाहुना भएर आइछिन् । चर्चामा आउन जे पनि गर्नु राम्रो हैन।'

यस्तो संगीन आरोप लागेको कार्यक्रममा राष्ट्रकी गहना ठानिएकी केकीको सक्रिय सहभागिता उनका शुभेच्छुकहरूलाई पनि मन परेको छैन । उनका एक शुभेच्छुकले भने, पढे लेखेकी भनेर के गर्नु कहिले पूर्वराजा ज्ञानेन्द्रसँग फोटो शेसन गराइरहेकी हुन्छिन् त कहिले दीपाश्री ब्याउने भइन् भन्नेमा नाचिरहेकी हुन्छिन्। यसपटक त मानव तस्करी आरोप लागेको कार्यक्रमको पाहुना भएर आइछिन् । चर्चामा आउन जे पनि गर्नु राम्रो हैन।'

केकी सहभागी हुने अर्को कार्यक्रम हो चलचित्र छमाया छपक्कैको न्युयोर्क प्रदर्शन । उनको अभिनय रहेको यो कार्यक्रम टाइम्स स्क्यायरमा रहेको एएमसीमा प्रदर्शन हुदैछ। टिकट सोल्ड आउट र अरू धेरै कुरा गरिए पनि यो एएमसीको एउटा सानो हल भाडामा लिएर छ माया छपक्कैको एक शो देखाइएको हो । फूलबुट्टा भरेर जे जस्तो ठूलो इतिहासको दाबी गरे पनि भएको यति नै हो। 

आफू अभिनित चलचित्रको प्रदर्शनीमा सहभागी हुनु नराम्रो कुरा हैन, राम्रै कुरा हो। यसमा केकीको सहयोगी भावनाको प्रशंसा नै गर्नुपर्छ । तर, एउटा व्यावसायिक प्रदर्शनीलाई फेस्टिबल वा प्रिमियरजस्तै प्रचार प्रसार गर्नु र अझ नेपालीको नाममा इमोसनल ब्ल्याकेमलिङ गर्नु भनेको चाँहि मनासिव हैन ।

यो पेज थ्री जर्नालिजम हो। 

मानिसहरू सोधिरहेका छन्- दुई कार्यक्रममा सहभागी हुन आएकी केकीको हवाइभाडा चाँहि कसले तिरिदियो होला ? दुई आयोजक भएकाले आधा आधा तिरेकी त्यसो भएन होला । टिकट त दुईतर्फी नै काटियो होला। पाँचवर्षे मल्टी इन्ट्री भिसा भएकाले त्यतातिरको खर्च भने बाँड्नु परेन नै।

यस्ता प्रश्न उठिरहेका छन् । उठ्नु राम्रो हैन र तर सार्वजनिक व्यक्तित्व भएका सेलिब्रेटीका लागि यस्ता प्रश्न उठ्नु अस्वभाविक पनि हैन।

भुलचुक लिने दिने, यो पेज थ्री जर्नालिज्म हो । 

प्रकाशित मिति: : 2019-11-25 02:13:59

प्रतिकृया दिनुहोस्