मुक्ति गौतम
सर्वहाराका सपनाहरू कुल्चिएर
बनिहाराका पसिनाहरू बन्धक राखेर
निमुखाहरूका काँधमाथि बुई चडेर
विदेशी रेमिट्यान्सको गद्दीमा बसेर
नाइके बनेका 'कम्युनिष्ट'हरूले
रजाइँ गरेको मेरो पुर्ख्यौली देश।
आफ्ना चाउरिएका अनुहारका धर्साहरूमा
'धम्मम शरणम गच्छामि'का
धमिल्याइका रेशाहरू पुछेर
आयातित गरिएका 'विदेशी-काईंकुईं'को
अन्योल थोपर्न खोज्ने
बज्रदन्ते लम्पटहरूले
रजाइँ गरेको मेरो पुर्ख्यौली देश।
अस्मिता बिर्सिएको मेरो देश
पुर्खा गलहत्याएको मेरो देश
शान्ति हराएको मेरो देश
सीताहरण भएको मेरो देश
आमाको ममता नबुझ्ने
कठै मेरो पुर्ख्यौली देश।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया