मुक्ति गौतम
सर्वहाराका सपनाहरू कुल्चिएर
बनिहाराका पसिनाहरू बन्धक राखेर
निमुखाहरूका काँधमाथि बुई चडेर
विदेशी रेमिट्यान्सको गद्दीमा बसेर
नाइके बनेका 'कम्युनिष्ट'हरूले
रजाइँ गरेको मेरो पुर्ख्यौली देश।
आफ्ना चाउरिएका अनुहारका धर्साहरूमा
'धम्मम शरणम गच्छामि'का
धमिल्याइका रेशाहरू पुछेर
आयातित गरिएका 'विदेशी-काईंकुईं'को
अन्योल थोपर्न खोज्ने
बज्रदन्ते लम्पटहरूले
रजाइँ गरेको मेरो पुर्ख्यौली देश।
अस्मिता बिर्सिएको मेरो देश
पुर्खा गलहत्याएको मेरो देश
शान्ति हराएको मेरो देश
सीताहरण भएको मेरो देश
आमाको ममता नबुझ्ने
कठै मेरो पुर्ख्यौली देश।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया