व्हाट्सएप, इन्सटाग्राम र म्यासेन्जरलाई एक बनाउदै छ फेसबुकले

AGENCY

फेसबुकले इन्सटाग्राम, व्हाट्सएप र म्यासेन्जरमा म्यासेज सेवालाई एक गर्ने तयारी गरिरहेको छ।यी तीन सामाजिक सञ्जालका प्ल्याटफर्म अलग–अगल मोबाइल एपका रुपमा काम गर्नेछन् तर तीनलाई यसरी जोडिनेछ जसबाट एक प्ल्याटफर्मबाट दोस्रो प्ल्याटफर्ममा सजिलै सन्देश पठाउन सकिनेछ।

फेसबुकले यस योजनाबारे सबैभन्दा पहिले न्यूयोर्क टाइम्सलाई जानकारी दिएको थियो। यस योजनामा कम्पनीका संस्थापक मार्क जुकरबर्गले चासो देखाइरहेका छन्।यदी यो सफल भयो भने फेसबुकमा रहेका कुनै व्यक्तिले ह्वाट्सएपमा सन्देश पठाउन सक्नेछन्।

तीनै एप फरक–फरक काम गर्ने हुँदा यो सेवा अहिले सम्भव छैन।न्यूयोर्क टाइम्सको खबर अनुसार तीन एपलाई जोड्ने काम शुरु भइसकेको छ। यो वर्षको अन्त्यसम्म यसलाई पूरा गरिने तयारी गरिएको छ। नभए सन् २०२० सम्ममा यो लागू गरिनेछ।

प्रयोगकर्ताहरुको उपयोगिता बढोस् र एपमा मानिसहरुले लामो समय बिताओस् भन्ने आशामा जुकरवर्गले यो योजना अघि बढाएका हुन्।

टेक वेबसाइट द वर्जकी मेकना केलीका अनुसार अलग–अलग प्ल्याटफर्ममा रहेका सबै प्रयोगकर्तालाई साथमा ल्याउँदा कम्पनीको प्रयोगकर्ताको आंकडा बढ्नेछ भने गूगल र एप्पलको म्यासेज सेवासँग लड्न उसलाई मद्दत मिल्नेछ।

एक बयानमा फेसबुकले भनेको छ, ‘हामी म्यासेज सेवामा प्रयोगकर्तालाई अझ राम्रो अनुभव दिन चाहन्छौँ ताकि मानिसहरुले एक अर्कासँग चाँडो, सजिलो र गोपनियता कायम गर्दै कुरा गर्न सकून् ।’‘हामी हाम्रो म्यासेज सेवामा एन्ड–टु–एन्ड इन्क्रिप्सन पनि ल्याइरहेका छौँ र अलग–अलग प्ल्याटफर्ममा आफ्नो साथी र परिवारजनसँग सम्पर्क गर्न सकून् भनेर प्रयास गरिरहेका छौँ,’ कम्पनीले भनेको छ।

यो व्यवस्था कसरी काम गर्नेछ भनेर अहिले चर्चा र बहस भइरहेको पनि कम्पनीले जनाइरहेको छ।न्यूयोर्क टाइम्सका अनुसार जुकरबर्गको यो निर्णयले कम्पनीभित्र ‘तनावको वातावरण’ तयार भएको छ।पछिल्लो वर्ष इन्सटाग्राम र व्हाट्सएपका संस्थापकले कम्पनी छाड्नुको कारण यही भएको बताइएको छ।

 

यो योजना यस्तो बेला बाहिर आएको हो जब फेसबुकमाथि उसको प्रयोगकर्ताको तथ्याङ्क सुरक्षित राख्न नसकेकोमा आलोचना र जाँच भइरहेको छ।त्यही भएर तीनवटा एप जोड्दा प्रयोगकर्ताको गोपनियतालाई कम्पनीले कसरी जोगाउँछ भन्ने ठूलो प्रश्न खडा भएको छ।

प्रकाशित मिति: : 2019-02-23 00:32:19

प्रतिकृया दिनुहोस्