सामसङले बनाउँदैछ नफुट्ने लचिलो डिस्प्ले, चाँडै नै बजार भित्रिने

samung

सामसङले बनाउँदैछ नफुट्ने लचिलो डिस्प्ले, चाँडै नै बजार भित्रिनेसामसङ आफ्नो सुपर एमोलेड डिस्प्लेका लागि चर्चित छ। अब सामसङले योभन्दा एक कदम अगाडि बन्ने योजना बुनिरहेको देखिएको छ। वास्तवमा, यसको नफुट्ने लचिलो स्क्रिन प्यानले हरियो झण्डा पाएको छ।

सामसङ न्यूजरुम वेबसाइटलाई मान्ने हो भने नयाँ लचिलो OLED प्यानल अन्डरराइटर्स ल्याबोरेटरिजमार्फत सर्टिफाई गरिएको हो। टेस्टिङ कम्पनी OSHA (the Occupational Safety and Health Administration of the U.S. Department of Labor) का अनुसार यी OLED प्यानललाई विद्युतीय उत्पादन जस्तै अटोमोबाइल, मोबाइल मिलिट्री डिभाइस, पोर्टेबल गेम कन्सोल र ट्याब्लेट पिसिमा पनि प्रयोग गरिनेछ।

सामसङले आफ्नो नयाँ प्यानललाई फोर्टिफाइड प्लाष्टिक विन्डोले कोट गरेको छ जसका कारण यो फुट्दैन। सामसङले परिक्षणको क्रममा यसलाई चारदेखि ६ फिटमाथिबाट खसाल्दा पनि नफुटेको दाबी गरेको छ।

सामसङ डिस्प्ले कम्पनीका जनरल म्यानेजर होजंग किमले भने, ‘प्लाष्टिक विन्डोको कुरा गर्नुपर्दा यो एक पोर्टेबल इलेक्ट्रोनिक डिभाइसका लागि सक्षम हुन्छ। यो फुट्दैन यो निकै हल्का र दह्रो हुन्छ। यसले एउटा ग्लासको रुपमा काम गर्छ।’

अन्डराइटर्स ल्याबोरेटरीजले सामसङ डिस्प्लेले यूएस डिपार्टमेन्ट अफ डिफेन्सले गरेको परिक्षण पास गरेको छ।यसअघि मोटोरोला कम्पनीले पनि आफ्नो स्मार्टफोनमा प्लाष्टिकको प्रयोग गरेको थियो। यद्यपी, मोटोरोलाको ShatterShield  ले स्मार्टफोनको डिस्प्लेमा हानी पुर्याएको  र ग्लास डिस्प्लेको तुलनामा बढि स्क्र्याच भएको थियो।

सामसङको नयाँ स्क्रिनले उसको फोल्डेबल स्मार्टफोनमा निकै काम लाग्ने अनुमान गरिएको छ। सामसङ डिस्प्लेले foldable OLED display panel  बनाउनका लागि कोरियाको आसानमा  पाइलट लाइन बनाउने योजना बनाइरहेको छ। त्यसलगत्तै सामसङले यस्ता प्यानल बनाउने काम सुरु गर्ने बताइएको छ। कम्पनीका अनुसार यो वर्षको अन्त्यसम्म यस्ता १० हजार प्यानल बनाइने र अर्को वर्षसम्म यो आँकडा १ लाखसम्म पुर्याइने जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-02-23 00:10:51

प्रतिकृया दिनुहोस्