सुनको मुल्य फेरि बढ्यो, चाँदी घट्यो

तस्बिरः एजेन्सी

नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। छापावाल सुन आज (सोमबार) प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार तोलामा ७१ हजार ५ सय रुपैयाँले कारोबार भएको सुन आज २ सय रूपैयाँले बढेको हो।

पछिल्ला दुई महिनायता सुनचाँदीको भाउमा निकै उतारचढाव आइरहेको छ । आज सोमबार तेजाबी सुन भने प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउ घटेको छ । हिजो आइतबार ८ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज सोमबार भने ५ रुपैयाँ घटेर ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

यता सुनचाँदीको मूल्यमा उतारचढाव देखिएसँगै खपत निकै घटेको छ । चाडबाड आगमनसँगै सुनचाँदीको भाउ घटबढ भइरहँदा उपभोक्ता पनि घटेको मौका हेरि किन्न थालेका छन् । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गएको छ । यसको मतलब सुनचाँदीको भाउले रेकर्ड राख्ने काम पनि सँगै गरिरहेको छ।

चीन र अमेरिकाबीचको व्यापार युद्वका कारण लगातार सुनको मूल्य बढेको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: : 2019-09-09 12:48:41

प्रतिकृया दिनुहोस्