पेस्तोलसहित एक पक्राउ

तस्बिरः एजेन्सी

प्रहरीले पेस्तोलसहित एक जनालाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त जागतीबाट खटिएको टोलीले सोमबार भक्तपुरको भातेढिकुरबाट बाराको फेटा गाउँपालिका वडा नम्बर ३ घर भएका ३८ वर्षीय शम्भुप्रसाद साहलाई नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरमा एसपी सविन प्रधानले विषेश सूचनाको आधारमा एक जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे।

साहको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र गोलीसमेत बरामद गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा साह सार्पसुटर भएको देखिएको छ।

शनिवार मात्र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले माछापोखरीबाट ८ जना लुटेरा समूहलाई दुई थान चाइनिज पेस्तोल सहित नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: : 2019-09-10 16:44:20

प्रतिकृया दिनुहोस्