गैँडाको आक्रमणबाट एकको मृत्यु

चितवनमा गँैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो।

रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई गैँडाले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-10-07 08:48:59

प्रतिकृया दिनुहोस्