आज असोज २१ /अक्टोबर ८ मंगलबार विहान १०:३५ दशै-टीकाको शुभ साइत

आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यस वर्षको विजया दशमीको टीकाको शुभ साइत असोज २१ गते तदअनुसार अक्टोबर ८ मंगलबार बिहान १०ः३५ बजे जुराइएको छ । 

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले विजया दशमीको दिनभर नै टीकाजमरा लगाउन सकिने भए पनि सर्वोत्तम साइत भने त्यही समयमा रहेको बताएका छन् ।

उनले देवी विसर्जनको साइत भने बिहान ८: ४५ मा निर्धारण गरिएको पनि बताएका छन् । 

प्रकाशित मिति: : 2019-10-08 09:24:30

प्रतिकृया दिनुहोस्