भक्तपुर क्यान्सर अस्पतालमा झडप (भिडियोसहित)

बिएल

निर्वाचन आचारसंहिता लागु भएको बेला भक्तपुर क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न खोजेपछि  झडप भएको छ ।

आइतबार पुरानो अस्पताल व्यवस्थापन समितिले कार्यकारी अधिकृत रुपमा रुपेश शिलाकार र मेडिकल सुपरिटेण्डेन्टमा दिपेन्द्र धिताललाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो । 

अस्पतालका कर्मचारी र पुरानो व्यवस्थापन समितिबीच झडप हुदा असपतालका टेवुल, सिसा र चारजना कर्मचारी घाइते भएका छन् । असपतालका कर्मचारीमाथि हातपात भएपछि भक्तपुरका जनताले असपताल परिसरमा नाराबाजी गर्दै अस्पताल ठप्प बनाएका थिए ।

पुरानो व्यवस्थापन समितिले अस्पतालका कर्मचारीहरुलाई हातपात गरेको असपतालले दाबी गरेको छ भने व्यवस्थापन समितिले आफ्ना २ जना घाइते भएको जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-24 17:41:00

प्रतिकृया दिनुहोस्