बुढीगण्डकीको मुआब्जा माग्दै पूर्वप्रधानमन्त्री भट्टराई धर्नामा

बिएल

बुढीगण्डकीको मुआब्जा माग्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई धर्नामा बसेका छन्।

बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत र धादिङको आरुघाट, बिशालनगर र खहरे क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका हुन्।

दुई घण्टा धर्ना बस्ने बुढिगण्डकी सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले बताए। ‘हामीले पूर्वनिर्धारित कार्यक्रम अनुसार आज यहाँको प्रशासन कार्यालयमा धर्ना बस्यौ, भोलि धादिङको जिल्ला प्रशासन कार्यालमा धर्ना दिन्छौ।’

कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेन पाण्डे, गोरखाको आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष, सम्बन्धित वडाका अध्यक्षहरु, सरोकार समितिका प्रतिनिधि र प्रभावितहरुको सहभागी भएका छन्

प्रकाशित मिति: : 2019-11-21 12:44:34

प्रतिकृया दिनुहोस्