असार २ गते दोस्रो गुरिल्ला अल्ट्रा म्याराथन हुने

पहिलो गुरिल्ला ट्रेलमा दौडदै धावकहरू। तस्बिरः ‘घुमफिरे’

आगामी असार २ गते दोस्रो गुरिल्ला अल्ट्रा म्याराथन हुने भएको छ। प्रदेश ५ का हिमाली जिल्ला रूकुम र रोल्पाका केही भाग समेटेर गुरिल्ला माराथन प्रतियोगिताको आयोजना हुन लागेको हो।

म्याराथनलाई विश्व अल्ट्रा धाविका मीरा राईले प्रवर्धन गरेकी छन्।

तत्कालिन माओवादीले २०५२ सालदेखि सुरू गरेको १० वर्षे सशस्त्र युद्वमा ‘गुरिल्ला’ लडाकु हिँडेको रोल्पा, रूकुम, बाग्लुङ र म्याग्दीमा पर्ने गोरेटो बाटोलाई केही वर्ष अगाडि सरकारले ‘गुरिल्ला पदमार्ग’ को रूपमा एक्सप्लोर गरेको थियो।

गुरिल्ला पदमार्गको पर्यटन प्रवर्धनका लागि म्याराथनको आयोजना गरिएको आयोजकका एक अभियन्ता सुनिल रोकामगरले जानकारी दिए।

‘गुरिल्ला पदमार्ग अन्तर्गत रूकुम (पूर्व) महतबाट, जलजलाहुँदै रोल्पाको थबाङसम्म ५२ किलोमिटर लामो दोस्रो गुरिल्ला ट्रेल दौड प्रतियोगिता २०७६ आयोजना गरिन लागेको हो,’ अभियन्ता रोकामगरले भने।

म्याराथनको म्याप

पहिलो संस्करणमा पुरूषतर्फ मुसीकोट नगरपालिका, रूकुम (पश्चिम) का दुर्गाराज बुढा उपाधि जित्दा सिस्ने गाउँपालिका, रुकुम (पूर्व) ‍का चेतकुमार केसी दोस्रो भएका थिए। त्यसैगरी सिस्ने गाउँपालिका, रूकुम (पूर्व) का गोपाल बुढाथोकी तेस्रो भएका थिए।

गतवर्षका विजेताहरु मेडल र ट्रफिसहित

यस्तै महिलातर्फ रूकुम (पूर्व), भुमे गाउँपालिकाकी रोजिना बुढा पहिलो हुँदा सोही गाउँपालिकाकी कविता बुढा दोस्रो र सिस्ने गाउँपालिकाकी गिता विक तेस्रो भइन्।

स्थानीय संस्कृति, जनजीवन, भूगोलका साथै युद्व पर्यटनलाई विकास र विस्तार गर्दै तत्कालिन जनयुद्वको ऐतिहासिकलाई प्रचार–प्रसार गर्न र जिल्लाको पर्यटन प्रवद्धन गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

प्रतियोगितमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, ३५, हजार र २५ हजार पुरस्कार राशि राखिएको छ।

विजेतालाई ट्रफी, मेडल र सम्पूर्ण सहभागिलाई प्रमाण पत्र प्रदान गरिने आयोजकले बताए।

माराथनको प्रमुख सहयोगी भूमे गाउँपालिका हुनेछ।

अघिल्लो वर्षको म्याराथनमा सहभागीहरू

प्रतियोगितामा भाग लिनका लागि रजिष्ट्रेशन शुल्क ७ हजार लाग्नेछ। जसमा पोखरा-बुर्तिबाङ-रूकुम जानुका साथै खानपिन, बास र दुई तर्फ यातायात खर्च मसेटिएको हुन्छ।

ईच्छुक सहभागीले निम्न नम्बरबाट सम्पर्क गर्न सक्नेछन्।

  • सुनिल रोका मगर- ९८०६२२००६२
  • प्रिति खत्री- ९८०८०३२५८८
  • सोहेल श्रेष्ठ- ९८४५७४१००
प्रकाशित मिति: : 2019-05-31 19:12:38

प्रतिकृया दिनुहोस्