‘काठमाडौं टु लद्दाख’ : भिजिट नेपाल-२०२० को नारा लिएर बुलेट बाइकर्सहरू (भिडियोसहित)

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनका लागि भन्दै काठमाडौंबाट भारतको लद्दाख सम्म मोटरसाइकल यात्रामा निस्किएको छ। नासा बुलेट क्लबको आयोजनामा ‘ड्रिम द हिमालयन’ नाम दिएर राइडरहरू नेपालको झण्डा बोकेर भारतको हिमाञ्चल प्रदेशमा पर्ने लद्दाख यात्रामा निस्किएका हुन्।

८ वटा बुलेट बाइकर्स टोली शुक्रबार काठमाडौंबाट हिँडेको हो। टोलीमा नयाँ दिल्लीबाट थप एक बाइक थपिने भएको छ। ९ जना सहभागी टोलीले २७ दिनको यो यात्रामा करिब ७ हजार किलोमिटरको यात्रा पार गर्नेछन्।

‘भिजिट नेपाल २०२०’ को प्रमोशन हुनुका साथै नेपाल-भारत बिचको आपसी भाइचारा बढ्ने क्लबका महासचिव एवं राइडर राम शाहले बताए।

‘नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा नेपालको पर्यटनमा धेरै टेवा पुगेको थियो। त्यसै गरी यो भ्रमणले पनि भिजिट नेपाल २०२० लाई सफल बनाउन भारतीय पर्यटकहरूलाई नेपाल घुम्ने निम्तो दिने र यसले भ्रमण वर्ष २०२० लाई मद्दत पुग्ने छ।’

क्लबका अध्यक्ष प्रकाश लिम्बुले राइडरहरूका लागि लद्दाख एउटा ड्रिम राइड रहेको बताए। ‘भिजिट नेपाल २०२० को नारा लिएर निस्किएका छौं। यो यात्राबाट भारतीय राइडरहरू पनि नेपाल घुम्न आउनेछन्। साथै एडभेन्चरका लागि नेपाल उत्कृष्ट गन्तब्य भएकाले टु ह्लल मार्फत नेपाल धुम्न जाने म्यासेज दिनेछ,’ लिम्बुले भने।

काठमाडौंबाट नारायणघाट, सुनौलीहुँदै गोरखपुर, लखनउ, दिल्ली, सिमलाहुँदै  टोली लद्दाख पुग्नेछन्।

नेपालको मुस्ताङ, मनाङ हिमालपारिको भाग भए जस्तै लद्दाक पनि भारतको हिमालपारिको प्रदेश हो। लद्दाख एडभेन्चरका लागि एकदमै रोमाञ्चक र रमणीय वातावरण भएको गन्तव्य हो। लद्दाखमा विश्वकै उच्च स्थानमा मोटर गुड्ने सडकसमेत रहेको छ। त्यसैले पनि राइडरहरु भन्ने गर्छन् ‘जो लद्दाख पुगेर फर्केर आउँछ त्यो असली राइडर हो।’

के हो लद्दाख

उत्तरमा काराकोरम र दक्षिण तर्फ हिमालयपर्वतले घेरेको लद्दाख करिब ९ हजार फिटदेखि २५ हजार १ सय ७०  फीटको उचाईमा रहेको छ।

बौद्ध धर्मावलम्भीको बसोबास रहेको लद्दाखमा विभिन्न पुराना मठ, गुम्बाहरू प्रमुख आकर्षणको सूचीमा छन्।

हेमिस मठ, शंकर गुम्बा, माथो मठ, शे गुम्बा, स्पितुक मठ, स्तकना मठ जस्ता कयौं मठ तथा गुम्बाहरू यस क्षेत्रका हेर्न लायक स्थानहरू हुन्।

जम्मू कश्मीर राज्यको सरहदी रेगिस्तानी क्षेत्रमा पर्ने लद्दाख ३५ वर्ष पहले पहलो पटक विदेशी पर्यटकका लागि खुला गरिएको हो। त्यसपछि संसारभरका पर्यटकहरू लद्दाखको प्रकृति र संस्कृति हेर्न आउने गर्छन्।  यहाँ हरेक वर्ष कम्तिमा ८० हजार  आउने गर्छन्।

प्रकाशित मिति: : 2019-09-27 16:44:44

प्रतिकृया दिनुहोस्