बेलायती अभिनेत्री जोआना नेपालको पर्यटन सद्भावनादूत

बिएल

ब्रिटिश गोर्खा सैनिकको आन्दोलनमा महत्वपूर्ण योगदान दिएकी बेलायती अभिनेत्री जोआना लुम्ली नेपालका लागि पर्यटन सद्भावना दूतको रुपमा सम्मानित भएकी छन् ।

हाउस अफ लर्डस्मा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अभिनेत्री जोआनालाई पर्यटन सद्भावना दूतको सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा बेलायती सांसद व्यारोना भेर्मा, व्यवसायी गोपिचन्दा हिन्दुजालाई पनि पर्यटन सद्भावना दूतको सम्मानित भएका छन्।

पर्यटन वर्ष २०२० का लागि पर्यटनमन्त्री भट्टराईले विश्वभरबाट नेपाल भ्रमण गर्न आव्हान समेत गरेका छन् ।

नेपाल सरकारले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

प्रकाशित मिति: : 2019-11-08 17:34:29

प्रतिकृया दिनुहोस्