नोभेम्बर २९ मा भाइटीकाको साइत.... कुरी कुरी भ्रान्तिवालाहरू हो !

दिमाखमा खुराफात र जजमानीको अंकगणित मात्र भएपछि .... हुने त यस्तै त हो ! एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

दशै-तिहारलाई हिन्दू चाडमा सिमीत गर्ने कि त्योभन्दा माथि उठेर नेपाली चाड पनि बनाउने ?,  केही समययता यस विषयमा सार्वजनिक वहस सुरू भएको छ । अझ अर्को शव्दमा भन्दा यो वहस दशै-तिहारलाई सांस्कृतिक चाड बनाउने कि धार्मिक चाड बनाउने भन्ने पनि हो । 

नेपालको भूगोलमा बस्ने नेपालीका लागि त यो सांस्कृतिक चाडकै रूपमा स्थापित छ, भावनाका नेपाली पनि त्यही रूपमा यसलाई स्थापित गरेर नेपालको सांस्कृतिक विरासत कायम गर्न चाहन्छन्, तर केही मानिसहरू 'वसुधैव कुटूम्बकम्'को त्यो भावनालई साँघुरो बनाउँदै दशै-तिहारलाई धार्मिक चाड बनाउऩे प्रपञ्चमा लागेका छन् । त्यस्ता केही धर्मभिरू मठाधीशहरूको प्रपञ्चमा केही संघ-संस्थाका पदाधिकारी पनि नराम्ररी फसेका छन् । उनीहरूकै कारण परदेशमा संघ-संस्था विवादमा फस्ने र नेपाली समुदाय फाटोमा पर्ने विडम्बना सुरू भएको छ ।

यही कुरासँग सम्बन्धित छ- देश-देशमा बनाइने पात्रो अनि पात्रैपिच्छेका दशैं-तिहार अनि टीकाका साइतहरू । यसको केन्द्रविन्दुमा छ- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति नामक एक समिति  । त्यो समिति आफैंमा कुनै आधिकारिक संस्था हैन । यो विश्व ज्योतिष संघ नाममा काठमाडौैंमा दर्ता भएको एक गैसस मातहतको समिति हो । यस समितिमा जो जो छन्, उनीहरूको भूगोल, जात, स्कुलिङ, सोच, कोण सबै एउटै र पुरातनिक छ । फरक छ भने थर र गोत्र मात्रै । यही आधारमा यिनीहरूले यो समितिलाई अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति भनेका छन् । यो कुनै कानुनी रूपमा मान्य र आधिकारिक संस्था हैन । एउटा कुरा चाँहि सत्य हो यो समितिका मानिसहरू नेपाली कर्मकाण्डी धार्मिक सनातनको क्षेत्रमा यी परिचित छन् ।

यस वर्षको दशैंको टीका साइत नेपालमा भन्दा अमेरिका र युरोपमा पहिला निकालेर नेपाली समाजलाई केही मात्रामा विभाजन गर्न सफल भएका यिनीहरू सबै टायर्ड र रिटायर्ड मानिस हुन् । आजभन्दा ५० वर्षअघि लिएको शिक्षाभन्दा दायाँबायाँ नदेख्ने यिनीहरू टाप लगाएका घोडाजस्तै हुन् । यिनीहरू पश्चगामी सोच राख्छन् । 

मलाई यस्तै लाग्छ, यो यतिकै लागेको हैन, यिनीहरूको पृष्ठभूमि, व्यवहार र गतिविधिका कारण नै लागेको हो । समय गते र तिथिमा फरक हिड्छ भनेर पूर्वमा भन्दा पश्चिममा पहिला दशै निकालेर उनीहरू भ्रान्तिवाला हुन् आधा पुष्टि गरेका थिए नै । अहिले तिहारको टीका एक महिनापछि नोभेम्बर २९ मा निकालेर त्यसको थप पुष्टि गरेका छन् । उनीहरूले पहिला जारी गरेको प्रेस विज्ञप्तिमा प्रष्टसँग त्यही लेखिएको छ । 

भ्रान्तिवाला झुण्डले एक महिनापछि पो निकालेछ यसपालिको भाइटीकाको साइत

जब उनीहरूको सूचना गौढ गरेर हरियो र त्यहाँ गल्ती भेटियो - समाजिक सञ्जालमा त्यसमाथि क्रिया प्रतिक्रिया भएपछि उनीहरूले आफू भुस भएको थाहा पाए । त्यसपछि उनीहरूले हतारहतार आफू र आफ्ना अनुचरलाई नोभेम्बरको ठाउँमा अक्टोबर बनाएर अर्को प्रेस विज्ञप्ती जारी गरे । तर, यसो गर्दा उनीहरूले आफूले पहिलो सूचनामा गरेको महागल्तीलाई महसुससमेत नगरी पूरै नजरअन्दाज गरेका छन् । उनीहरूले  यसलाई सामान्य मुद्रा राक्षस ठानेर नोभेम्बरलाई अक्टोबर बनाइदिएका छन् ।

तर, एउटा सकारात्मक सन्देश के हो भने यी भ्रान्तिवालाहरूले अमेरिकामा एक दिन अगाडि नै भाइटीकाको साइत निकालेर भाइटीकालाई गोरूतिहार बनाउनबाट भने बचाएका छन् । यसअघि दशैको टीकालाई लिएर भएको तीखो आलोचनाले हुनसक्छ यिनीहरूले यसपाली नेपालकै भाइटीकाको साइतलाई केही घण्टा र मिनेट मात्र वरपर बनाएका छन् । जजमानीको अंकगणित छोडेपछि ढिलोचाँडो यिनीहरू सही लाइनमा आइहाल्छन् । 

यो सामान्य गल्ती हैन, महागल्ती हो । यो क्षम्य हैन, अक्षम्य गल्ती हो । यो जनताको सुसूचित हुने आधारभूत अधिकारको उलंघन मात्र हैन, समाजलाई दिग्भ्रमित बनाउने नाकाम हर्कत पनि हो । यसलाई जति निन्दा गरे पनि कमै हुन्छ । यदि उनीहरूका अनुचरलाई यो सामान्य लाग्न सक्छ, यो उनीहरूको कुरा भयो र यस्ता घोडाटापेहरूलाई विचरा भन्न बाहेक केही गर्न सकिन्न । 

यिनीहरूले भन्दैमा कसैले नोभेम्बर २९ मा भाइटीका लगाउने थिएनन् । त्यसैले यो समस्याको विषय थिएन । तर, प्रश्न के हो भने यी मानिसहरू कस्ता हुन् भन्ने चाँहि हो ? 

हामीलाई अर्को एउटा अवसर मिलेको छ यिनीहरूका बारेमा जान्ने बुझ्ने । यिनीहरू टायर्ड त हुन् नै रिटायर्ड पनि हुन् । यिनीहरू खुराफातमा ब्यस्त भएकाले डिस्टर्ब्ड छन् । यिनीहरू सिर्जनात्मक छैनन्, नयाँ कुरा स्वीकार गर्ने वसुधैव कुटूम्बकम बुझदैनन् । यिनीहरू भ्रान्तिवाला हुन् । यिनीहरूले समाजलाई विभाजित गर्दै भ्रान्तितिर लैजान्छन् । त्यसैले यस्ता मानिसहरूबाट समयमै नेपाली समाज र यसका अगुवाहरू सचेत हुन जरूरी छ ।

जब हावा खुस्केको थाहा भयो, त्यसपछि जारी भयो यो

तर, एउटा सकारात्मक सन्देश के हो भने यी भ्रान्तिवालाहरूले अमेरिकामा एक दिन अगाडि नै भाइटीकाको साइत निकालेर भाइटीकालाई गोरूतिहार बनाउनबाट भने बचाएका छन् । यसअघि दशैको टीकालाई लिएर भएको तीखो आलोचनाले हुनसक्छ यिनीहरूले यसपाली नेपालकै भाइटीकाको साइतलाई केही घण्टा र मिनेट मात्र वरपर बनाएका छन् । जजमानीको अंकगणित छोडेपछि ढिलोचाँडो यिनीहरू सही लाइनमा आइहाल्छन् । 

नोभेम्बर २९ मा भाइटीकाको साइत निकालेर संसारभर प्रेस विज्ञप्ती जारी गर्ने मानिस र संस्था सामान्य हुन सक्दैन । यस्तो असमान्य मानिसको झुण्डको पछि लागेर नेपाली समाजलाई विभाजित गर्नु पाप हो । यस्तो पापकर्ममा नलाग्न सबै नेपालीलाई यो तिहारबाट प्रेरणा मिलोस् । 

हामी सबै मिलेर दशै-तिहारलाई नेपालीको सांस्कृतिक चाडका रूपमा विकास गरौं । ताकि संसारभर यसमा एकरूपता आओस् र हामी आफ्नो पृथक सांस्कृतिक पहिचान बचाउन सकौं । 

प्रकाशित मिति: : 2019-10-24 03:03:49

प्रतिकृया दिनुहोस्