विभेदमा नअल्झियोस् नेपाली समाज

बिएल

अशिक्षा, अज्ञानता र चेतानाको कमिले ५ हजार वर्ष ईसा पूर्वदेखि नै नेपाली समाजमा जातपातको निहुँमा छुवाछुत हुँदै आएको छ । यहि समाज हुँदा अर्थात २५ सय वर्षपूर्व महामानव सिद्धार्थ गौतम नेपालको पावन भूमिमा जन्मिए।

उनले समाजमा फैलिएको विकृति, छुवाछुत प्रथा, दास प्रथा, दासी प्रथा र देवीदेवतालाई खुसी पार्न सुरु गरिएको पशु बली प्रथा, बालिघरे प्रथा, दमन, अत्याचार नजिकबाट नियालेर हेरेका छन्। सिद्धार्थ आफै युवराज हुँदाहुँदै आफ्नो प्रजालाई सहायता गर्ने अवस्थामा पुगेका थिए।

कारण बाहुनहरुले चौतर्फी आफ्नो षड्यन्त्र फैलाई रहेका थिए। देवीदेवताको प्रकोप लाग्छ तिमी अछुतहरुलाई भनेर सही कुरा राजदरबारसम्म नपुग्ने गरि शोषण गरेको इतिहासका जानकारहरु बताउनछन्। यीनी तमाम सरहको विभेदको विरोधमा आफ्नै राजगद्धी त्यागेर सिद्धार्थ गौतम शान्ति र सत्यको खोजीमा घरबाट निएका थिए । बुद्धले घर छाडेपछि बौद्धित्सव समेत प्राप्त गरे।

कतै सिद्धार्थ गौतम यीनै अछुत जातिलाई हाम्रो सम्मान हक अधिकार दिलाउन सकिन्छ भनेर समाजबाट टाढा गएका ८० वर्षको उमेरका गौतमलाई बिषपान गराएर मारियो। यस्तो षड्यन्त्र रचेन फटाहाहरुले मारेपछि बुद्धको महानिर्वाणको असल कारण आजसम्म रहस्यमय छ। वर्तमान परिवेशमा सत्य यस्तो अर्कै प्रकारको छ।

गाँस, बास, कपासका लागि, जन्मभूमि छाड्नु प¥यो। नेपाली पीडित समाजको बेथा खासगरी दलित समुदायको कहानी भनेको एकै हो। प्रवासको ठाउँमा हाम्रा पुर्खाहरु रोजी–रोटी र बालबालिकालाई प्राथमिक र उच्चस्तरको शिक्षाको लागि आएर बसे। यो कुरा सत्य हो।

पहाडको गाउँ–ठाउँमा हाम्रा पुर्खाहरुलाई जातियताको निहुँमा मानविय छुवाछुत अत्याचार गरियो। पुर्खादेखी नै पुस्तैनी कमैया बनाउन थाले। दास बनाए। दलित महिलाहरुको इज्जतमा हात हाल्ने काम गरे। आफ्नै खेत बारिमा काम गर्न दिएनन्।

बालबालिकालाई शिक्षाबाट बंचित राखे। सदैव पुँजीवादी सामतीहरुको ऋणी बनाउने रित जारी थियो। गाई, भैंसी, गोरु छोएको निहुँमा कारवाही गर्ने चलनको बिकास गरेका थिए। त्यसको पुर्णतः विरोध नगरी बस्न सक्ने हाम्रो विपन्न दलित समुदाय संख्या र बलमा कमी हुँदा दमनकारी समाजका ठेकेदारका सामू आफ्नो परिवारको सुरक्षाको लागि प्रदेश पलायन गर्नुपर्यो। यो निकै बिडम्बनाको समय थियो।

दलित जेष्ठ नागरिकहरुका अनुसार कुनै–कुनै ठाउँमा कुटपिट गरेरसम्म गाउँ निकाला गरिएको थियो। वर्तमान समयमा पनि कतै न कतै यस्तो बिभेदकारी सोच चलिरहेको छ। दलित समाजभित्रै पनि कहिँ कमजोर मानसिकता देखिन्छ । जस्तो की कतिपय दलित समाजका धनाढ्य व्यक्ती आफूलाई दलित होइन भन्छन्।

कृपया, भ्रमित नहुनु होला। जति धन भएपनि पानी नचल्ने दलित अवस्थाको अन्त्य गरिएन भने धनको आडमा जात लुकाउनुको कुनै अर्थ देखिदैन। पहिले सामाजिक चेतनामा सुधार गरौं। धनले जात बदल्ने होइन विवेकले समाज परिवर्तन गर्ने हो। संसार २१ औं शताब्दीको परिबेशमा घुमिरहेको छ। चन्द्रमा र मंगल ग्रहमा मानिसहरु पुगिसकेका छन्। तर हाम्रो देश नेपाल आजको दिनमा पनि जातियताको जंजालमा परेको छ।

मानव छुवाछुत, शोषण, दमन, हत्याहिंसा, बलात्कार जस्ता अमानवीय, असंवैधानिक, अप्राकृतिक अनि अप्रासंगिक जातीय आधारको विभेद स्वार्थको कमजोर राजनीति हाम्रो समुल गाउँ–ठाउँमा चरम सिमा पटक–पटक देखिन्छ।

सरकारले संबैधानिक तरिकाले छुवाछुत नगर्ने र अन्तरजातीय विवाहलाई कानुनी मान्यता दिएपनि समाजिक मान्यता छैन? उच्च वर्गिय समाजले दलित भनेर हाम्रा समाजको नैतिक, भौतिक, आर्थिक, संस्कृतिक, शैक्षिक, राजनैतिक र स्वास्थ्यको विभेद गरेको देखिएको छ।

शिक्षित जमानामा यस्तो रुढीवादी सोचाइका मान्छे धेरै छन्। छुवाछुतको नाममा अत्याचार, कुटपिट र बोक्सी आरोप लागाएर गाउँ निकाला गरेको चित्र बेला–बेला देखिएकै छन्। यो समाजको जाग्ने समय हो।

आफ्नो हक अधिकार, बालबालिकाको शिक्षा, नेपाली समाजको विकास, देशको निकास र छुवाछुत निर्मुलन होस्। हामीले आ–आफ्नो ठाउँबाट यस मिशनको समर्थन गर्नुपर्छ। हामी यस संघर्षको प्रथम होइनौं र अन्तिम पनि होइनौं। एक हिस्सामात्र हौं ।

हाम्रो संघर्ष वा लडाइँ आफ्नो समाजको एकीकरण, विकास, विस्तार र हकको हुनुपर्दछ। गैरदलित समाजका केही बुद्धिजीवी, शिक्षित वर्ग यस कुप्रथाको विरोध गर्छन् ।तिनी समाज चिन्तक बुद्धिजीवीहरुलाई हामी मनपूर्वक आदर सम्मान अनि नमस्कार गछौं।

 

 

 

प्रकाशित मिति: : 2019-11-16 14:45:58

प्रतिकृया दिनुहोस्