दक्षिण अफ्रिकामाथि बंगलादेशको कीर्तिमानी जित

तस्बिरः एजेन्सी

इंइङ्ल्याण्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप प्रतियोगितामा दक्षिण अफ्रिकालाई २१ रनले हराउँदै  बंगलादेशले शानदार सुरूवात गरेको छ।बंगलादेशले दिएको तीनसय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै तीनसय नौ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि मिराजले कप्तान फाफ डु प्लेसिसले ६२ रनको अर्धसतकीय इनिङ्स खेले। उनले ५३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। डेविड मिलरले ३८ रन बनाउँदा एडेन र जेपी ड्यूमिनीले समान ४५-४५ रन बनाए।

पहिलो विकेटका रुपमा ओपनर क्विन्टन डी ककलाई २३ रनमा गुमाएको अफ्रिकाका लागिरस्सि भान डर डुसेनले ४१ रन बनाएका थिए।

क्रिस मोरिस १० रनमा आउट हुँदा कागिसो रबाडा १३ र इमरान ताहिर १० रनमा अविजित रहे पनि टिमलाई जिताउन सकेनन्।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए। मोहम्मद सैफुद्दीनले २,सकिब अल हसन र मेहदी हसनलेसमान १-१ विकेट लिए।

यसअघि लन्डनस्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकोबंगालदेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रनको सम्मानजनक स्कोर बनायो।

विश्वकपमा बंगलादेशले बनाएको यो हालसम्मकै उच्च योगफलसमेत हो।

यसअघि बंगलादेशले सन् २०१५ मा पाकिस्तानविरुद्ध बनाएको ३२९ रन नै एक दिवसीयमा उसको उच्च स्कोर थियो।

बंगालदेशका लागि विकेटकिपर मुश्फिकुर रहिमले सर्वाधिक ७८ रनको महत्वपूर्ण योगदान दिएका थिए। ८० बल खेलेका उनले ८ चौका प्रहार गरेका थिए।

यस्तै सकिब अल हसनले ७५ रन बनाउने क्रममा ८४ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे।

सकिब र मुश्फिकुरले तेस्रो विकेटका लागि १ सय ४२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बंगलादेशलाई बलियो योगफलसम्म पुर्‍याए।

ओपनर सौम्य सरकार र तामिम इकवालले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। तामिमले १६ रन बनाउँदा सौम्यले४२ रन जोडे।

तल्लोक्रममा महमुदउल्हा र मोसाद्दिक हसनले पनि बंगाली इनिङसलाई उकासे। महमुदउल्हा ३३ बलमा ३ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहँदा मोसाद्दीकले २० बलमा ४ चौका सहित २६ रन जोड्न भ्याए।

अफ्रिकाका लागि एन्डिले फेहलुकवेले,इमरान ताहिर र क्रिस मोरिसले समान २-२ विकेट लिए।

दक्षिण अफ्रिकाको यो लगातार दोस्रो हार हो। दक्षिण अफ्रिका पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्डसँग पराजित भएको थियो।

 

प्रतिकृया दिनुहोस्