भारतीय उपकप्तान रोहित शर्मा अस्ट्रेलियाविरुद्ध कम इनिङमा २ हजार रन पुरा गर्ने ब्याट्सम्यान बन्न पुगेका छन्।
वेष्ट इन्डिजका पूर्व प्रारम्भिक ब्याट्सम्यान भिभियन रिचर्डसको कीर्तिमानलाई पछि पार्दै रोहित अस्ट्रेलियाविरुद्ध एकदिवसीयमा २ हजार रन पुरा गर्ने एलिट क्लबमा समावेश भएका हुन्। रोहितलाई २ हजार रन पुरा गर्न २० रन आवश्यक थियो।
उनले आइतबार ब्याटिङ गर्ने क्रममा अस्ट्रेलियाविरुद्ध ७० बलमा ५७ रन बनाए। ढिलो खेलेका रोहितको अस्ट्रेलियाविरुद्ध ३७ इनिङमा यो आर्ठौ अर्धसतक पनि हो। उनले एकदिवसीयमा ४२ औं अर्धसतक पनि पुरा गरेका छन्।
रोहितभन्दा अगाडि रिचर्डसले ४५ इनिङमा २ हजार रन पुरा गरेका थिए। रिचर्डसभन्दा ८ इनिङ कम खेल्दै रोहितले कीर्तिमान बनाएका हुन्।
भारतका सचिन तेन्दुलकरले ५१ इनिङमा २ हजार रन पुरा गरेका थिए। यस्तै वेष्ट इन्डिजका डेसमन्ड हेन्सले ५९ इनिङमा २ हजार रन पुरा गरेका थिए।