भारत र पाकिस्तानविरूद्ध विश्व कपको सबैभन्दा प्रतिक्षित खेलको टिकट ब्ल्याकमा ६ हजार डलरसम्म बिक्रि भएको छ।
यी दुई प्रतिद्धन्द्धीबीचको खेल आइतबार २५ हजार दर्शक क्षमताको ओल्ड ट्राफोड मैदानमा हुँदैछ। भारत र पाकिस्तान बीचको खेलको टिकटका लागि ४८ घण्टामै बिक्रि भएको थियो। टिकटका लागि ४ लाख मानिसले निवेदन दिएका थिए।
त्यतिबेला टिकट बिक्रि हुँदा प्लेटिनमको दाम ३ सय डलर थियो। अहिले ब्ल्याकमा बिक्रि भएको टिकट गोल्डको भएको बताइएको छ।
भारत र पाकिस्तानबीच अन्तिम पल्ट २०१७ मा भेट भएको थियो। च्याम्पियन्स ट्रफीअन्र्तगत फाइनल खेलमा दुवै भिडेका थिए। यस खेलमा पाकिस्तान विजयी भएको थियो।