आयोजक इंग्ल्यान्ड र अफगानिस्तानबीच मंगलबार भएको विश्व कपको २४ औं खेलको टिकट विक्रि नभएपछि अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) चिन्तित बनेको छ।
आइसिसीले खेल सुरु हुनुभन्दा एक घण्टाअघि सम्म टिकट राम्रोसँग विक्रि नभएपछि आफ्नो वेभसाइटमा टिकट खरिद गर्न क्रिकेट समर्थकहरूलाई आग्रह गरेको थियो।
आइसिसीले यस्तो अपील बिरलै गर्ने गरेको छ। गत आइतबार भारत–पाकिस्तानबीचको टिकट ४८ घण्टामै विक्रि भएको थियो। केही समर्थकले ‘ब्ल्याक’ मा महंगो शुल्क तिरेर खेल हेरेका थिए।
इंग्ल्यान्ड र अफगानिस्तान बीच खेलको टिकट विक्रि नहुनुमा अफगानी टोलीको खराब प्रदर्शन र वर्षालाई बताइएको छ। अफगानिस्तानले विश्व कपको एउटा पनि खेल जितेको छैन। यस्तै, वर्षाका कारण ४ वटा खेल रद्ध भएपछि क्रिकेट समर्थकहरू निरास बनेका छन्।