छक्काबाटै १ सय २ रन बनाएका मोर्गनलाई दर्शकले उठेर सम्मान दिए

Agency

 

 

इंग्लिस कप्तान इयोन मोर्गनको उत्कृष्ट ब्याटिङको सम्मानमा स्टेडियममा बसेका सबै दर्शकले उठेर सम्मान गरेका छन्।

मोर्गनले मंगलबार अफगानिस्तानविरूद्ध १७ छक्काको सहयोगले ७१ बलमा १ सय ४८ रन बनाएका थिए। उनको बिस्फोटक ब्याटिङबाट मन्त्रमुग्ध ओल्ड ट्राफोडमा उपस्थित भएका दर्शकहरूले उठेर उनको इनिङलाई सम्मान दिएका थिए।

मोर्गनले छक्काको मात्र सहयोगले १ सय २ रन पुरा गरेका थिए।

मोर्गनले अफगानिस्तानविरूद्धको खेलमा थुप्रै कीर्तिमान बनाए। उनले एकदिवसीयको एउटै खेलमा सर्वाधिक छक्का हान्ने मात्र होइन, चालु विश्व कपमा छिटो शतक बनाउने र उच्च रन बनाउने कीर्तिमान पनि बनाए।

इंग्ल्यान्डले पहिलो ब्याटिङ गर्ने क्रममा ५० ओभरमा ३ सय ९७ रन बनाएको थियो। मोर्गनले ५५ बलमा शतक पुरा गरेका थिए। उनी एकदिवसीयमा छिटो शतक बनाउने चौथो ब्याट्सम्यान पनि बन्न पुगेका छन्।

प्रकाशित मिति: : 2019-06-18 22:40:55

प्रतिकृया दिनुहोस्