रेफ्रीलाई दबाब दिएको आरोपमा विराट कोहलीलाई २५ प्रतिशत जरिवाना

Agency

आचार संहिता उल्लंघनको मामिलामा भारतीय कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले ‘म्याच फिस’को २५ प्रतिशत जरिवाना लगाएको छ।

अफगानिस्तानविरूद्ध अनावश्यक अपील गरेको आरोपमा उनीमाथि जरिवाना लगाइएको हो। जसप्रीत बुमराहको बलिङमा एलबिडब्लुको अपील गर्दै विराटले रेफ्री अलिम डारलाई अनावश्यक दबाब दिएका थिए।

यतिबेला अफगानिस्तान २९ ओभरको खेल खेल्दै थियो। ब्याटिङ रहमतले गरिरहेका थिए। विराटले ‘म्याच रेफ्री’ क्रिस ब्रोडसँग आफ्नो गल्ती पनि स्विकारेका थिए। त्यसैले उनीमाथि लाग्न सक्ने ५० प्रतिशतको जरिवाना कम भएको हो।

उनलाई एउटा ‘डिमेरिट प्वाइन्ट’ पनि दिइएको छ। यस वर्ष उनको यो दोस्रो ‘डिमेरिट प्वाइन्ट’ हो। १५ जनवरीमा दक्षिण अफ्रिकाविरूद्ध टेस्टमा पनि उनलाई चेतावनी दिइएको थियो।

एक वर्षभित्र कुनै खेलाडीले ४ वटा ‘डिमेरिट प्वाइन्ट’ पाएको खण्डमा उसलाई एक खेलमा प्रतिबन्धित प्वाइन्ट दिने नियम छ। दुई प्रतिबन्धित प्वाइन्ट पाउने खेलाडीले एक टेस्ट वा दुई एकदिवसीय गुमाउने नियम छ।

प्रकाशित मिति: : 2019-06-24 10:50:53

प्रतिकृया दिनुहोस्