अफगानिस्तान विश्व कपमा अंक विहिन बनेर बाहिरिएको छ। वेष्ट इन्डिजविरूद्ध विश्व कपको अन्तिम खेलमा पनि अफगानिस्तान २३ रनले पराजित भयो।
अफगानिस्तानको हारमा ब्रेथवाइट र रोच घातक सावित भए। रहमत शाह र इक्राम अलिखिलले दोस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी गर्दै अफगानिस्तानका लागि जितको आधार तयार पारेका थिए।
तर, तल्लो क्रममा राम्रो साझेदारी नहुँदा अफगानिस्तान पराजित भयो। ब्रेथवाइटले ४ र रोचले ३ विकेट लिए। अफगानिस्तानका लागि रहमतले ६२ र इक्रामले ८६ रन बनाएका थिए। नजिबुल्लाह जारदानले ३१ र असगर अफगानीले ४० रन बनाए। पुछारमा शैयद सिरजादले २५ रन बनाए।
वेष्ट इन्डिजले ब्याटिङको सुरुवात गर्दै ६ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको थियो। प्रत्युत्तरमा अफगानिस्तानले ५० ओभरमा २ सय ८८ रन बनाउँदै सवै विकेट गुमायो।
वेष्ट इन्डिजका लागि इभिन लुइसले ५८, साई होपले ७७, निकोलस पुनमले ५८ र कप्तान जेसन होल्डरले ४५ रन बनाए। क्रिस गेल ७ रनमै आउट भए। वेष्ट इन्डिजले जारी विश्व कपको ९ खेलमा २ मा विजयी निकाल्दै ५ अंकका साथ विश्व कपको अन्त्य गरेको छ।
होप ‘म्यान अफ दि म्याच’ घोषित भए।