कुलदीपको स्थानमा यजुवेन्द्र, सामीले मौका पाएनन्, फर्गुसन फर्किए

Agency

भारत र न्युजिल्यान्डले मंगलबार हुने विश्व कपको पहिलो सेमिफाइनलका लागि आफ्नो टिममा एक–एक खेलाडी परिवर्तन गरेका छन्।

भारतले कुलदीप यादवको स्थानमा अर्का स्पिनर यजुवेन्द्र चहललाई स्थान दिएको छ। यस्तै, न्युजिल्यान्डले टिम साउथीको स्थानमा लोकी फर्गुसनलाई बोलाएको छ। लोकी अघिल्लो खेलमा चोटका कारण विश्राममा थिए।

उनले १७ विकेट लिएका छन्। भारतले ४ खेलमा ह्याट्रिक सहित १४ विकेट लिएको मोहम्मद सामीलाई उतारेको छैन। उनको स्थानमा भुवनेश्वर कुमारले नै तीब्र बलिङको मोर्चा सम्हाल्दै छन्।

रवीन्द्र जडेजालाई पनि टिममा स्थान दिइएको छ।

प्रकाशित मिति: : 2019-07-09 15:04:55

प्रतिकृया दिनुहोस्