किवी टोली ब्याटिङ गर्दै, भारतीय ब्याट्सम्यानको अग्नी परीक्षा

Agency

भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेलमा टस जितेर किवी टोलीले ब्याटिङ गर्ने निर्णय गरेको छ। म्यानचेस्टरको ओल्ड ट्राफोडमा हुने खेल ब्याट्सम्यानको लागि सहयोगी मानिन्छ।

यस मैदानमा समूह चरणको ५ वटा खेल भएका छन्। जसमा ४ खेलमा २ सय ९० भन्दा माथिको स्कोर बनेको छ। यहाँको पीच दोस्रो इनिङमा ‘स्लो’ हुने गरेको छ। आज दुवै टोली नयाँ पीचमा खेल्दै छन्।

दुवै टोलीले आजका लागि टिममा एक–एक खेलाडी परिवर्तन गरेका छन्। भारतले कुलदीप यादवको स्थानमा अर्का स्पिनर यजुवेन्द्र चहललाई स्थान दिएको छ। यस्तै, न्युजिल्यान्डले टिम साउथीको स्थानमा लोकी फर्गुसनलाई बोलाएको छ। लोकी अघिल्लो खेलमा चोटका कारण विश्राममा थिए।

उनले १७ विकेट लिएका छन्। भारतले ४ खेलमा ह्याट्रिक सहित १४ विकेट लिएको मोहम्मद सामीलाई उतारेको छैन। उनको स्थानमा भुवनेश्वर कुमारले नै तीब्र बलिङको मोर्चा सम्हाल्दै छन्।

प्रकाशित मिति: : 2019-07-09 15:21:36

प्रतिकृया दिनुहोस्