धोनीले नागरिकता परित्याग गरे न्युजिल्यान्डले आफ्नो टिममा समावेश गर्ने

Agency

किवी कप्तान केन विलियम्सनले भारतका विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीको खेलको तारिफ गर्दै उनलाई आफ्नो देशबाट क्रिकेट खेल्न निम्तो दिएका छन्। 

भारतलाई १८ रनले पराजित गरेर फाइनल पुगेपछि न्युजिल्यान्डका कप्तान विलियम्सनले भने, ‘यदी धोनीले नागरिकता परित्याग गरे भने हामी उनलाई आफ्नो टिममा समावेश गर्न इच्छुक छौं।’

भारतका दिग्गज खेलाडीहरू भारतको पराजयमा धोनीको भूमिकालाई लिएर प्रश्न उठाइरहेको बेला विलियम्सनको यस्तो भनाई बाहिर आएको हो।

भारतका दिग्गज खेलाडीहरूले धोनी नम्बर ४ मा आउनु पर्ने तर उनी सातौं नम्बरमा आउनु नै भूल भएको बताइरहेका छन्।

विलियम्सनलाई पोस्ट म्याच कन्फ्रेन्समा एक पत्रकारले प्रश्न गरेका थिए, ‘तपाई टिम इन्डियाको कप्तान भएको भए धोनीलाई नियमित टोलीमा समावेश गराउनु हुन्थ्यो?’ पत्रकारको प्रश्नमा ठट्टा गर्दै विलियम्सनले भने, ‘उनी न्युजिल्यान्डका लागि खेल्न उपलब्ध छैनन्। तर, उनी विश्वस्तरीय खेलाडी हुन्।’

उनले धोनीको तारिफ गर्दै भने, ‘यो स्तरमा उनको अनुभव र योगदान निकै महत्वपूर्ण छ। जडेजासँग उनले गरेको साझेदारी महत्वपूर्ण थियो। उनी विश्वस्तरका क्रिकेटर हुन्।’

धोनीको प्रसंसा गर्दै उनले भने, ‘के धोनी नागरिकता परिवर्तन गर्न चाहन्छन्?’

जारी विश्व कपमा विलियम्सन कप्तानको भूमिकामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्। उनले भारतविरूद्ध ६७ रन बनाएका थिए।

उनले भारतका विराट कोहली, इंग्ल्यान्डका इयोन मोर्गन र अस्ट्रेलियाका आरोन फिन्चलाई उछिनेका छन्।

प्रकाशित मिति: : 2019-07-11 15:25:08

प्रतिकृया दिनुहोस्