लमजुङको सुन्दरबजार नेकपाका श्रेष्ठ विजयी

बिएल

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ को वडाअध्यक्ष पदमा नेकपाका उम्मेदवार नवीन कुमार श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठ ९ सय ८९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली का‌ग्रेसका प्रकास सेढाईले ४ सय ८४ मत ल्याएका छन्। राप्रपाका पवनराज बसौलाले १६ र मंगल नेसनल अर्गनाइजेसनका राम्जी दर्जीले ८ मत प्राप्त गरेका छन्।

लमजुङमा भएको निर्वाचनमा ६६ दशमलव २६ प्रतिशत मतदान भएको थियो। दुई वटा मतदानस्थलको तीनवटा मतदान केन्द्रमा गरी १ हजार ५ सय २३ मत खसेको हो।

यहाँ कुल २ हजार २ सय ९७ मतदाता थिए। महेन्द्र मन्दिर माविको मतदान केन्द्र क ४ सय ३६, मतदान केन्द्र ख मा ४ सय १८ र कान्ति मन्दिर मतदान केन्द्रमा ६ सय७लदकउस ६ जनाले मतदान गरेका छन्। मतदानमा महिला ८ सय ६२ र पुरूष ६ सय ६१ जनाले मतदान गरे। १२ मत बदर भएको छ।

यसअघि वडाअध्यक्ष पदमा निर्वाचित नेकपाका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली रहेको थियो। 

प्रकाशित मिति: : 2019-11-30 21:56:23

प्रतिकृया दिनुहोस्