न्युजिल्याण्डमा गोलीकाण्ड मच्चाउनेले ड्रोनाल्ड ट्रम्पलाई ‘आदर्श’मान्ने गरेको खुलासा

तस्बिरः एजेन्सी

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित अल नूर मस्जिदमा आक्रमण गर्ने अष्ट्रेलियन नागरिक ब्रेन्टन ट्यारेन्टले अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पलाई आदर्श मान्ने गरेको खुलासा गरेका छन्।

ट्यारेन्टले आक्रमण गर्नुअघि जारी गरेको ८७ पृष्ट लामो मेनिफेस्टो 'द ग्रेट रिप्लेसमेन्ट' मा उक्त खुलासा गरेका हुन्।

बेलायती पत्रिका द सनका अनुसार, आक्रमणकारी ट्यारेन्टले आफ्नो मेनिफेस्टो द ग्रेट रिप्लेसमेन्टमा ड्रोनाल्ड ट्रम्पले नयाँ तरिकाले गोराहरूको पहिचान दिलाएको र उनी गोराहरूको साझा उद्धेश्यको प्रतिकका रूपमा रहेको लेखेका छन्।

‘हाम्रो भूमि कहिले पनि उनीहरूको भूमि हुनेछैन भनी हामीले आक्रमणकारीलाई देखाउनु पर्नेछ। हाम्रो भूमिलाई एकजना गोरा मानिस बाँचुन्जेलसम्म उनीहरूले कब्जा गर्न सक्दैनन्। न्युजिल्यान्डमा गरिएको कामलाई आतंकवादी आक्रमण भनी परिभाषित गरिएला, तर नियन्त्रण गर्न खोज्ने शक्तिहरूविरुद्धको कारवाही हो यो,’ नरसंहार गर्ने कारणका विषयमा उनले यस्तो लेखेका थिए।

आक्रमणकारीको मेनिफेस्टोअनुसार, युरोपेली मानिसको संख्या प्रत्येक दिन घट्नुका साथै उनीहरू बूढा र कमजोर भइरहेका छन्।

उनीहरूले कम्तीमा दुई सन्तान नजन्माए समूल नाश निश्चित छ। बाहिरबाट आएका मानिसले निकै सन्तान जन्माइरहेकाले एक दिन उनीहरूले गोराको भूमि खोस्नेछन्।

प्रकाशित मिति: : 2019-03-15 21:25:13

प्रतिकृया दिनुहोस्