बेलायतमा खानेपानीको हाहाकार हुँदै

तस्बिरः बिएल

बेलायतका सन् २०५० सम्ममा खानेपानीको हाहाकार हुने एक अध्ययनले देखाएको छ। बढ्दो जनसंख्या, 'ग्लोबल वार्मिंङ' र बढ्दो कार्बन उत्सर्जनका कारण यस्तो विपत्ती आउन लागेको हो।

वातावरण अध्ययन गर्ने संस्थाका प्रमुख सर जेम्स वेभनले यस्तो चेतावनी दिएका हुन्। उनले पानीसम्वन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै यो विपत्तिबाट बच्न एकतिहाई पानीको प्रयोग कम गर्न, चुहिएका पानीका पाइप आधाभन्दा बढी तुरून्त मर्मत गर्न, पानीका ठूला ठूला पोखरी निर्माण गर्न र पानीको संरक्षणका लागि ठूलो धनराशी छुट्याउन सुझाव दिए।

उनले सन् २०४४ मा बेलायतको तापक्रम ह्वात्तै बढेर नदीमा ५० देखि ८० प्रतिशतसम्म पानी कम हुने बताए। यही बीचमा जनसंख्या चाँही बढेर ६७ मिलियनबाट ७५ मिलियन पुग्नेछ।यसबाट जनसंख्या र पानीको मात्राबीच ठूलो असन्तुलन उत्पन्न हुनेछ।

सम्मेलनलाई सम्बोधन गर्दै बेलायतको पानीसम्बन्धी रणनीति तयार गर्ने सरकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माइकल रोबेर्टले सरकार पानी समस्या समाधान गर्न रणनीति बनाएर लागिपरिरहेको बताए। उनले भने- सरकारले एलेन भ्याल्ली रिजर्भायर निर्माण गरिरहेको छ। बेलायतको सहरी इलाकामा पानी वितरणका लागि वेल्समा निर्माणाधिन उक्त आयोजना सन् २०२० सम्ममा पूरा हुनेछ।

प्रकाशित मिति: : 2019-03-27 00:05:10

प्रतिकृया दिनुहोस्