अस्ट्रेलियाले जारी गर्यो ट्राभल एडभाइस : नेपालमा 'उच्च सावधानी अपनाउनु होला'

अष्ट्रेलिया सरकारलेे नेपाललाई उच्चतम सतर्कता अपनाउनुपर्ने सूचीमा राखेको छ।उसले २६ मेमा एक ट्राभल एडभाइस जारी गर्दै नेपाल भ्रमणमा रहेका र जान चाहने आफ्ना नागरिकलाई ‘उच्च सावधानी' अपनाउन सचेत गराएको छ।

आइतबार काठमाडौंमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएपछि अष्ट्रेलिया सरकारले यस्तो ट्राभल एडभाइस जारी गरेको हो। 

परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा एक ट्राभल मेमो जारी गर्दै सचेत हुन आग्रह गरेको हो ।

अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा खतराका आधारमा नेपाललाई उच्च सावधानीको सूचीमा मा राख्दै भनिएको छ- ‘उच्च सावधानी अपनाउनुहोला ।’

ट्राभल एडभाइसमा अगाडि लेखिएको छ- '२६ मे २०१९ मा काठमाडौंका धेरै ठाउँमा बम विस्फोट भएको छ । केही संख्यामा मानिसको मृत्यु हुनेका साथै केही घाइते भएको समाचारहरु आएका छन्। ठूलो भिडभाडमा नजानू र सतर्क रहनू।’ 

 

प्रकाशित मिति: : 2019-05-28 17:34:49

प्रतिकृया दिनुहोस्