अस्ट्रेलियाको लेबर नेतामा बामपन्थी धारका अल्बनेज़ी

अस्ट्रेलियाका वामपन्थी धारको प्रतिनिधित्व गर्ने प्रभावशाली लेबर नेता एन्थनी अल्बनेज़ी पार्टी नेतृत्वमा निर्विरोध चयन भएका छन्। 

गत मे १८ मा सम्पन्न आम निर्वाचनमा पार्टीको पराजय भएपछि तात्कालिन नेता बिल शर्टनले पराजयको नैतिक जिम्मेवारी लिदै पद छोड्ने घोषणा गरेका थिए। 

शर्टनको हट्ने घोषणासँगै खालि भएको पदमा अन्य नेताको दाबेदारी नरहेपछि अल्बनेज़ी पार्टी नेतामा चयन भए। 

नेतृत्वका लागि सम्भावित पूर्वलेबर उपनेत्री तान्या प्लिबर्सेक,  वरिष्ट सांसदद्वय क्रिस बोवेन र जिम चाल्मर्सले अल्बनेज़ीलाई समर्थन गरेका थिए। 

अल्बनेज़ीले समर्थन गर्ने सबै नेताहरूलाई धन्यबाद दिएका छन्। उनले आफ्ना पूर्ववर्ती नेता शर्टन प्रतिपनि आभार व्यक्त गरेका छन्। 

उनले आगामी निर्वाचनमा लबेरलाई सत्तामा फर्काउन सबै मिलेर काम गर्नुको बिकल्प नरेहको बताएका छन्।

को हुन् एन्थनी अल्बनेज़ी?

अल्बनेजी लेबर पार्टीमा बामपन्थी धारको प्रतिनिधित्व गर्छन्। सिड्नी युनिभर्सिटीमा अध्ययनरत रहँदादेखि नै विद्यार्थी राजनीतिबाट राजनीति सुरू गरेका उनी भित्री पश्चिमी सिड्नीको ग्राएंड्लर निर्वाचन क्षेत्रबाट १९९६ देखि सांसद रहदै आएका छन्। 
उनी छायाँमन्त्री, मन्त्री साथै उपप्रधानमन्त्री समेत बनिसकेका छन्। 

सांसद बन्नुपूर्व उनी लेबर पार्टीका सचिव थिए।

प्रकाशित मिति: : 2019-05-30 05:35:36

प्रतिकृया दिनुहोस्