बागलुङमा कांग्रेसी उम्मेदवारकाे अग्रता कायमै

प्रतिकारत्मक तस्बिर

बागलुङको क्षेत्र नम्बर २ को प्रदेश (ख) मा भएको उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसको सुरुवाती अग्रता कायमै छ। आइतबार मध्यान्हदेखि सुरु भएको मतगणनाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार जित शेरचनले अग्रता कायमै राखेका छन्।

प्रारम्भित मत परिणाम अनुसार ढोरपाटन नगरपालिका १ बुर्तिबाङ, निसीखोला गाउँपालिका १ देविस्थान र तमानखोला गाउँपालिका १ बोंगादोभानको मतगणनामा कांग्रेसका शेरचनले १६ सय २७ मत प्राप्त गरेका छन्। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले १५ सय ४६ मत प्राप्त गरेका छन्।

समाजवादी पार्टीका अशोक बिकले ८२, बागी उम्मेदवार शेरमान घर्तीले १५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ७, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ८ मत प्राप्त गरेका छन्। ५७ मत बदर भएको छ।

कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ।

प्रकाशित मिति: : 2019-12-01 16:47:10

प्रतिकृया दिनुहोस्